• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

भोजपुर सदरमुकाममा आगलागी, सडक साँघुरो हुँदा दमकल पुग्न सकेन



भोजपुर । भोजपुर नगरपालिका वडा नं. ७ स्थित बरवोटआगलागी भएको छ । बिहीबार दिउँसो १ बजेदेखि आगलागी भएको हो ।

स्थानीय बखत श्रेष्ठको घरबाट बिहीबार दिउँसो १ बजेदेखि आगलागी शुरु भएकोहो ।

आगलागी नियन्त्रणबाहिरको अवस्थामा पुगेको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय वासिन्दा खटिएका छन् । सडक साँघुरो भएका कारण भोजपुर नगरपालिकाको दमकल पुग्न सकेको छैन ।