३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमलधापमा साँस्कृतिक महोत्सव हुने



अ+ अ-

भद्रपुर । भद्रपुर २ स्थित सम्युक्त धार्मिक स्थल कमलधापमा उभौली पर्वको अवसर पारेर यही जेठ ४ गतेबाट ९ गतेसम्म साँस्कृतिक महोत्सव हुने भएको छ ।

कमलधाप सम्युक्त धार्मिक स्थल संरक्षण समितिले धार्मिक स्थल पहिचान सहित आन्तरिक पर्यटनको चहलपहलका लागि ६ दिने महोत्सवको आयोजना गरेको हो ।


महोत्सव आयोजक समितिका संयोजक मानबहादुर तामाङको अध्यक्षता तथा प्रदेश संसद बसन्तकुमार बानियाको प्रमुख आतिथ्यमा महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार १३ जात जाति तथा धर्मालम्बीहरूको साझा धार्मिक स्थलका रूपमा रहेको सो क्षेत्रमा बैशाखे पूर्मिमाको अवसरमा हरेक वर्ष ५ दिनसम्म धार्मिक मेला लाग्ने गरेको छ ।

२२ भन्दा बढी जातजातिको बसोबास रहेको सो स्थानमा यस वर्षबाट धार्मिक सहिष्णुता तथा जातीय एकताको पहिचान स्थापित गर्र्न प्रथम कमलधाप उभौली साँस्कृतिक महोत्सव २०७६’ नाम दिएर महोत्सव गर्न लागिएको हो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कोषध्यक्ष फणिन्द्र दाहालले ९ लाख २० हजार खर्च अनुमान रहेको महोत्सव पर्यटन वर्ष २०२० को लक्ष्य पूरा गर्न सहयोगी हुने धारणा राखेका थिए ।




भर्खरै