३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

धनगढी विमानस्थलको अनुगमन

धनगढी विमानस्थलको अनुगमन
अ+ अ-

कैलाली । स्तोरोन्नतिका लागि निर्माणकार्य भइरहेको कैलालीको धनगढी विमानस्थलको बिहीबार यहाँका स्थानीय जनप्रतिनिधिलगायत सरोकारवालाले अनुगमन गरेका छन् । धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको मर्मतकार्य भइरहेको विमानस्थलको धनगढी उपमहानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी र कैलाली उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको टोलीले अनुगमन गरेका हुन् ।

सोही क्रममा उपमहानगरप्रमुख नृपबहादुर वडले निर्धारित समयभित्र काम सम्पन्न गर्न स्थानीय सरकार र स्थानीय प्रशासनले गर्नुपर्ने सहजीकरणका लागि तयार रहेको बताउनुभयो । कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले निर्माण कम्पनीले स्रोतसाधन प्रयोग गरेर मर्मतलाई गति दिएकाले आशलाग्दो प्रगति देखिएको बताउनुभयो ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले काम समयमै सम्पन्न गर्न अनुगमनलाई निरन्तरता दिनुपर्ने आवश्यक रहेको उल्लेख गर्नुभयो । अहिले ६० मिटर चौडाइ र एक हजार ८०० मिटर लम्बाइको कालोपत्र धावनमार्ग रहेकामा धावनमार्ग स्तरवृद्धिसँगै दुवैतर्फ दुईरदुई मिटर फराकिलो बनाउने योजनासमेत रहेको बताइएको छ ।

यस्तै अहिले तीन जहाज पार्किङ व्यवस्था रहेकामा अब थप एक जहाज पार्किङ गर्नसक्ने गरी पार्किङ क्षेत्र विस्तारको काम भइरहेको छ । विमानस्थलमा एप्रोच लाइट र अन्य लाइटहरु, थप सञ्चार उपकरण वृद्धिलगायतका सेवा थप र विस्तारको योजना पनि रहेको जनाइएको छ । विमानस्थलको मर्मत कार्य भइरहेकाले वैशाख २२ गतेदेखि जेठ २१ गते सम्म अर्थात् एक महीनाका लागि नियमित हवाई उडान बन्द गरिएको छ ।
धनगढी विमानस्थल नेपालको त्रिभुवन विमानस्थलपछिको ठूलो दोस्रो धावनमार्ग भएको विमानस्थल हो ।