३ भाद्र २०८३, बुधबार
,
Latest
गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित



अ+ अ-

बर्लिन । जर्मनीको चान्सलरमा ओलाफ स्चोल्ज निर्वाचन हुनु भएको छ । वर्तमान अर्थ मन्त्री समेत रहनु भएका ओलाफलाई बुधबारको संसद बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उहाँ निर्वाचित भएसँगै वर्तमान चान्सलर एङ्गेला मर्केलको उत्तराधीकारी ओलाफको उदय भएको छ । 

अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्रि डेमोक्रेटस् (एफडीपी) सँग गठवन्धन गरेकाले उहाँ चान्सलर बन्ने सुनिश्चित पहिले नै भएको थियो । 

विदा हुन लाग्नु भएकी चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म ओलाफ श्रम मन्त्री बन्नु भएको थियो । त्यसपछि उहाँ सन् २०१५ मा भाइस चान्सलर तथा अर्थमन्त्री बन्नु भएको हो । 

झण्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर भएर मर्केलले विदा लिन लाग्नु भएको हो । चान्सलर हुँदा उहाँ सधैँ विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आउनु भएको थियो । (रासस-एएफपी)