• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

घरायसी विवादमा भाइले चलाएको गोली लागेर दाइको मृत्यु, पुगे प्रहरी खोरमा



वीरगञ्ज । घरायसी विवाद हुँदा भाइले चलाएको गोली लागेर घाइते भएका जिराभवानी गाउँपालिकाका ४८ वर्षीय शेष फारुकको मृत्यु भएको छ ।

घाइते भएका फारुकको वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार सम्भव नहुने भएपछि काठमाडौं लैजाने क्रममा शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको हो ।

उनले छातीमा गोली लागेपछि वीरगञ्जको नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगञ्जकै नेशनल मेडिकल कलेजमा रेफर गरिएको थियो ।

जिराभवानी –१ महादेवपट्टीको बलुवाका कान्छा भाइ ३८ वर्षीय शेख सेराजुद्धिनले प्रहरीले पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको जनाएको छ।