• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

२ महिनाकी छोरीको हत्याको आरोपमा आमा पक्राउ



गुल्मी । गुल्मी प्रहरीले २ महिनाकी छोरीको हत्या गरेको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–४ की ३५ वर्षीय जुना बिक रहेकने प्रहरीले जनाएको छ । उनकी २ महिने छोरी विष्णु बिक बिहीबार साँझ मृत फेला परेकी थिइन् ।

आमाकै काखमा रहेकी शिशु मृत फेला परेपछि आमाले नै हत्या गरेको आशंका प्रहरीको छ । पक्राउ परेकी आमा जुनामाथि अनुसन्धान सुरु गरिएको डीएसपी मिन घलेले बताए ।

शिशुको शबलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ । शिशुुकी आमाले मानसिक रोगसम्बन्धी औषधि सेवन गर्दै आएको प्रहरीको भनाइ छ ।