३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ महिनाकी छोरीको हत्याको आरोपमा आमा पक्राउ



अ+ अ-

गुल्मी । गुल्मी प्रहरीले २ महिनाकी छोरीको हत्या गरेको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–४ की ३५ वर्षीय जुना बिक रहेकने प्रहरीले जनाएको छ । उनकी २ महिने छोरी विष्णु बिक बिहीबार साँझ मृत फेला परेकी थिइन् ।

आमाकै काखमा रहेकी शिशु मृत फेला परेपछि आमाले नै हत्या गरेको आशंका प्रहरीको छ । पक्राउ परेकी आमा जुनामाथि अनुसन्धान सुरु गरिएको डीएसपी मिन घलेले बताए ।

शिशुको शबलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ । शिशुुकी आमाले मानसिक रोगसम्बन्धी औषधि सेवन गर्दै आएको प्रहरीको भनाइ छ ।




भर्खरै