३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मदन भण्डारी स्मृति पार्क ओझेलमा

मदन भण्डारी स्मृति पार्क ओझेलमा
अ+ अ-

रत्ननगर । जननेता मदन भण्डारीको शव भेटिएपछि बस्तीतर्फ निकालेर राखेको चौरलाई अहिले मदन भण्डारी स्मृति पार्कका रुपमा विकास गर्ने खोजिएको छ ।

पार्क निर्माण गर्न गतवर्ष मदन भण्डारी स्मृति पार्क निर्माण उपभोक्ता समिति गठन भएको थियो । तर, यहाँको काम भने सोचे जस्तो अघि बढ्न सकेको छैन ।

विसं २०५० जेठ ३ गते आजकै दिन चितवनको दासढुङ्गा जीप दुर्घटनामा तत्कालीन नेकपा ९एमाले०का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । कास्कीको पोखरामा भएको जिल्ला अधिवेशन सकेर फर्किने क्रममा जीप दुर्घटना भएको थियो । दुर्घटनामा निधन भएका नेता आश्रितको शव जीपभित्रै भेटिएको थियो भने महासचिव भण्डारीको शव करीब ३० किलोमिटर टाढा गाजीपुरमा भेटिएको थियो ।

विस २०५३ मा स्थानीय विकास मन्त्रालयबाट रु दुई लाख ५० हजार विनियोजन भएपछि स्मृति पार्क निर्माणको काम अघि बढेको मदन भण्डारी स्मृति पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष गौरस तमाङले जानकारी दिनुभयो ।

विनियोजन बजेटबाट वर पिपलको चौतारो, कङ्क्रिटको छाता र नारायणी नदीको छेउमा सिँढी बनाइएको छ । मदन भण्डारी फाउण्डेशनका तत्कालीन अध्यक्षको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले गाजीपुरमा मदन भण्डारीको अर्धकदको शालिक राख्ने ठाउँ शिलान्यास गर्नुभएको थियो । सो शालिक अझैसम्म स्तम्भ बनाइएको छैन । शालिक उपभोक्ता समितिका अध्यक्ष तामाङको घरमा थन्किएको छ ।

पार्क निर्माणस्थलमा मदन भण्डारी स्मृति भवन निर्माण भइसकेको छ भने पर्यटन मन्त्रालयको रु ७५ लाखको सहयोगमा दृश्यावलोकन स्तम्भ निर्माण हुँदैछ । त्यस्तै पार्कलाई जोड्न भौतिक पूर्वाधार मन्त्रालयबाट रु एक करोड बजेट विनियोजन गरिएको छ । मदन–आश्रितको निधन भएको २६ वर्षपछि दासढुङ्गा र गाजीपुरलाई जोडेर एकीकृत विकास गर्ने योजना अघि सारिएको छ ।

मदन भण्डारी फाउण्डेशन चितवनको सक्रियतामा दासढुङ्गाको विकास गर्न खोजिएको भए पनि गाजीपुरमा जग्गा अभाव देखिएको छ । पूर्वतर्फ रहेको चितवन राष्ट्रिय निकुञ्जको पोष्टलाई अर्को ठाउँमा स्थान्तरण गरी पार्कको गुरुयोजना निर्माण गर्ने योजना भए पनि सैनिक पोष्ट त्यहाँबाट सर्ने नदेखिएपछि पार्कको विकासलाई अगाडि बढाउन समस्या देखिएको छ ।

अध्यक्ष तामाङले देश अहिले जननेता भण्डारीकै बाटोमा अगाडि बढिरहेकाले उहाँको सम्मानका लागि गाजीपुरलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । जननेता भण्डारीको शव भेटाउनु भएका हेमबहादुर थापा मगरले गाजीपुरलाई नमूना बस्तीका रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

गाजीपुर ऐतिहासिक ठाउँ भएकाले यसको विकासतर्फ सबैको ध्यान जानुपर्नेमा उहाँको जोड छ ।