१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बिपी कोईरालाको आर्थिक विचार’ पुस्तक लोकार्पण



अ+ अ-

काठमाडौँ । पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालद्वारा लिखित पुस्तक ‘बिपी कोईरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ । डा. नेपालले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नतिका तथा आर्थिक सोच र विचारहरु पुस्तकमा उल्लेख गर्नुभएको छ । पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पूर्वगभर्नर नेपालले नेपाली काँग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन नसकेको बताउनुभयो । 

उहाँले विश्वमै ख्याति कमाएका नेता विश्वेश्वरप्रसाद कोईरालाले स्थापना गरेको पार्टीमा कुनै विचार नै नहुनु राम्रो नहुने बताउनु भयो । डा. नेपालले बिपीको दूरदृष्टि र स्पष्ट विचार बोकेर हिँडेको पार्टी आज तानाशाही र कम्युनिष्टभन्दा फरक बन्न नसक्नु चिन्ताको विषय भएको बताउनुभयो ।

पूर्वगभर्नर नेपालले भन्नुभयो, ‘म बाध्य किनभएँ भन्दा आजभन्दा ४ वर्षअघि ७० वर्ष ग¥यो वृद्धभत्ता एमालेको सरकारले । त्यसपछि नेपाली काँग्रेसको सरकारले ६४ बनायो । मैले गएर भने पनि त्यति बेला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्थ्यो । के गरेको यो ? हामी स्पष्ट कहाँ छैनौँ ? यो स्थिती ४८ सालदेखि छ । हामी किन स्पष्ट भएनौँ ? हामी कसरी फरक त ? जब एमालेले ग¥यो भनेर त्यसकै पछाडि लाग्ने ? काँग्रेसको एक जमात पनि त्यसले राम्रो गरेको छ भन्ने, फेरि काँग्रेस पनि त्यसले गरेको कुरा फलो गर्दै जाने । के अर्थ छ यसको ? हामी कसरी फरक ? नेपाली काँग्रेस के हो ? कुन रुपमा, आर्थिक दृष्टिकोणमा, प्रजातान्त्रिक दृष्टिकोणमा कसरी फरक भनेर हिजोको दिनमा विश्वेश्वरप्रसाद कोईरालाले त्यसरी स्पष्ट देखाएर हिँडेको पार्टी आज हामी कम्युनिष्ट भन्दा पनि फरक हुन सकेनौँ । तानाशाही भन्दा पनि फरक हुन सकेनौँ । झनै फलो गर्दै उनीहरुको काम गर्दै गयौँ । पार्टीमा नयाँ जेनेरेशन आउँदैछ, यसले ठूलो अन्याय हुन्छ । विश्वमै चर्चित सोच भएर ख्याति कमाएको मानिसले सिर्जना गरेको पार्टीमा अहिले विचारै छैन । न आर्थिक विचार छ न प्रजातान्त्रिक विचार ।’

कार्यक्रममा उद्योगपति तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले आफ्नै खुट्टामा उभिनसक्ने राजनीतिक कार्यकर्ता नभएसम्म सही नेता नजन्मिने बताउनु भयो । उहाँले पुस्तकमा भनेका बिपीका कुराहरु अहिले पनि उत्तिकै समय सान्दर्भीक रहेको बताउनु भयो । सांसद चौधरीले राजनीति पेशा नभइ सेवा गर्ने माध्यम हो भन्ने बिपीको भनाइ आज पनि उत्तिकै सान्दर्भीक भएको बताउनु भयो ।

सांसद चौधरीले भन्नुभयो, ‘विश्वले चिनेको त्यो स्केलको राजनीतिज्ञ नेपालमा कहिल्यै पनि जन्मिएन । भविष्यको बारेमा भन्न कठीन छ । उनले भनेका के कुरामा मलाई अझ पनि सान्दर्भीकता लाग्छ भने राजनीतिक भनेको प्रोफेशन होइन । राजनीति भनेको सेवा गर्ने माध्यम हो । आफ्नै खुट्टामा उभिएको राजनीतिक कार्यकर्ता जसलाई उसको प्रचारको लागि २ लिटर तेल मोटरसाइकलमा हाल्नु नपरोस् । जबसम्म ती प्रकारको कार्यकर्ताहरु जन्मिदैनन् तबसम्म ती कार्यकर्ताहरुले सही नेताहरु जन्माउँदैनन् । यो एउटा समस्या आजसम्म पनि विद्यमान छ ।’ सांसद चौधरीले बिपीजस्तो दूरदर्शी नेता नेपालमा अहिलेसम्म पनि जन्मिन नसकेको बताउनु भयो ।