१५ असार २०८३, सोमबार
,
Latest
अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लापरवाही गर्दा रेबिजले थाहा नै नपाई लिँदैछ ज्यान



अ+ अ-

काठमाडौं । शुक्रराज सरुवारोग अस्पतालमा रेबिजको उपचारको क्रममा धेरै मानिसको मृत्यु भएको छ ।

कुकुरले टोकेको त हो नि, घाउ ठीक भइसक्यो, छिमेकीको कुकुरले टोकेको त हो नि भनेर बस्दा रेबिजले धेरैलाई मृत्युको मुखमा पुर्याएको छ ।

सरुवा रोग विशेषज्ञ तथा शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा।वासुदेव पाण्डेले कुकुरले टोकेको पीडा अत्यन्त दुःखदायी हुने बताए । सरकारले रेबिजविरुद्ध भ्याक्सिन निःशुल्क प्रदान गर्छ र रेबिजविरुद्ध सुई लगाउँदा पूर्णरूपमा ठीक हुन्छ भन्ने थाहा पाउँदा पनि सानो लापरबाहीले ज्यानै जाने गरेको उनको भनाइ छ ।

डा।पाण्डेले दुर्घटनामा भएको मृत्यु, क्यान्सर, मिर्गौला, मुटुरोगजस्ता घातक रोग लागेर भएको मृत्युलाई सहन सकिने भन्दै तर रेबिज लागेर मृत्यु भएको घटना सहन धेरै गाह्रो पर्ने बताए ।

जब कि कुकुरले टोकिसकेपछि एउटा सुई लगाउने बित्तिकै बाँच्न सकिन्छ, त्यही सुई नलगाइदिँदा मानिसलाई मृत्युको मुखमा पुर्याइरहेको गोरखापत्र दैनिकमा खबर प्रकाशित छ ।