३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जागरण अभियानमा काङ्ग्रेस नेतृत्वप्रति आक्रोश

जागरण अभियानमा काङ्ग्रेस नेतृत्वप्रति आक्रोश
अ+ अ-

मोरङ । मोरङको उर्लाबारीमा आइतबार आयोजित नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानमा कार्यकर्ताले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् ।

काङ्ग्रेस उर्लाबारी नगर समितिले यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी कार्यकर्ताले प्रदेश र सङ्घीय निर्वाचनको पराजय र त्यसपछि प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्दै कार्यकर्ताले नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका हुन् । काङ्ग्रेसका पूर्व जिल्ला सदस्य राधाकृष्ण पोख्रेलले काङ्ग्रेसभित्र ६०/४० को भागबण्डा के हो भन्दै नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई प्रश्न गर्नुभएको थियो ।

आक्रोशित रुपमा प्रस्तुत हुनुभएका उहाँले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, नेता कृष्णप्रसाद सिटौलाको फरक–फरक गुट रहेसम्म काङ्ग्रेसले आगामी निर्वाचनमा पनि विजयी हासिल गर्न नसक्ने विचार राख्नुभयो । गाउँगाउँसम्म काङ्ग्रेसको नेतृत्वप्रति कार्यकर्ता निराश रहेको बताउँदै उहाँले यस्तै अवस्थामा पार्टी कसरी बलियो हुन्छ भन्दै प्रश्न गर्नुभएको थियो । उर्लाबारी–७ निवासी जयधर्म आचार्यले काङ्ग्रेसभित्र अहिले स्नेह र मित्रता नरहेको बताउनुभयो ।

टङ्कनाथ दाहालले निर्वाचनको टिकट वितरण प्रणालीमा एकलौटी हुँदा काङ्ग्रेसले पराजय बेहोर्नुपरेको बताउनुभयो । नेपाल महिला सङ्घका मोरङ क्षेत्र नं १ का सभापति गोमा नेपालले काङ्ग्रेसका नेता कार्यकर्तामा आफू आफूमा हार्दिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । सोमप्रसाद तिम्सिनाले प्रमुख प्रतिपक्षीको भूमिका अहिले नेपाली मिडियाले गर्नुपर्ने अवस्था आएको धारणा राख्नुभयो ।

यस्तै सुरेश खड्का, सुरेश राई, नारायणप्रसाद आचार्य, भीम थापा, इन्द्रकुमार ओली, विमल निरौला, जनक खड्का, गीता खतिवडालगायतका पार्टी कार्यकर्ताले पनि पार्टी गुटउपगुट र चुनावी टिकट वितरण प्रणाली निष्पक्ष नहुँदा पार्टीले पराजय व्यहोर्नुपरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो । कार्यक्रममा काङ्ग्रेसका क्षेत्रीय सभापति एवं उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले काङ्ग्रेसले सक्षम नेतृत्व गर्न नसकेको बताउनुभयो ।

निर्वाचनमा व्यहोरेको हारपछि बल्ल काङ्ग्रेसको राष्ट्रियव्यापी कार्यक्रम शुरु भएको भन्दै उहाँले कार्यकर्ता उत्साहित नभएसम्म पार्टीलाई सङ्गठित बनाउन नसकिने बताउनुभयो । नेता  सिटौलाले सङ्घ र प्रदेशको निर्वाचनमा उम्मेदवार चयन गर्न पार्टी नेतृत्व चुकेको स्वीकार्नु भयो । उम्मेदवार छनोट निष्पक्ष हुन नसकेकै कारण काङ्ग्रेस पराजित भएको उहाँको भनाइ थियो । बिना सङ्गठन पार्टी चलायनमान नहुने बताउँदै नेता सिटौलाले तुरन्तै १४ औँ महाधिवेशन गर्नुपर्ने अथवा अन्तरिम व्यवस्था गरेर भए पनि पार्टीलाई सङ्घीय संरचनामा लैजान आवश्यक रहेको बताउनुभयो ।