१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

गाउँमा बिजुली पुगेपछि खुशियाली

गाउँमा बिजुली पुगेपछि खुशियाली
अ अ+ अ-

स्याङ्जा । लामो समयको प्रतिक्षापछि बिजुली पुगेपछि यहाँको गाउँमा खुशी छाएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ का गहते, टाङ्ले र कोकमाडीमा पहिलो पटक बिजुली पुगेपछि स्थानीय ३५ घरधुरीमा खुशियाली छाएको हो ।

चापाकोट नगरपालिकाको दुर्गममा पर्ने यस ठाउँका बासिन्दा छिमेकी जिल्ला पाल्पाको रामपुर र अर्को छिमेकी जिल्ला तनहुँको भिमाद नगरपालिकाको डुम्रेबँेसीमा बलेको उज्यालो हेरेर रात कटाउनुपर्ने बाध्यतामा रहेको स्थानीय सन्तबहादुर रानाले बताउनुभयो । “गाउँमा बिजुली बत्तीको अभावका कारण निक्कै समस्या भोग्नुप¥यो”, स्थानीय रानाले भन्नुभयो, “बिजुली गाउँमा आएपछि मोबाइल चार्ज गर्न, रेडियो, टिभी तथा अन्य बिजुलीबाट चलाउने विद्युतीय सामग्री चलाउने गरिएको छ ।”

चापाकोट नगरपालिकाकै अति विकटमध्येको गहते, टाङ्ले र कोकमाडीमा मगर समुदायको बसोबास रहेको छ । बजारभन्दा टाढा रहेको उक्त बिजुलीको अभावमा अँध्यारो रहेको बस्तीमा नेपाल विद्युत् प्राधिकरण उज्यालोको सहारा बन्न पुग्यो । “३५ घरधुरीमा टुकी र सोलार बत्तीको मद्दतले उज्यालोको निर्वाह गर्दै आएका थियौँ”, स्थानीय रानाले भन्नुभयो, “यस्तो विकट ठाउँमा बिजुली आएसँगै गाउँको मुहार नै परिवर्तन भएको महसुस मैले र हाम्रो समाजले गरेको छ ।”

झरी परेका बेला सोलारले राम्रो र धेरै समय काम नगर्ने साथै शहर बजारबाट आउने आफ्ना आफन्त, इष्टमित्रलाई अहिलेको जमानामा बिजुली बिनाको अन्धकारमा राख्नु हाम्रा लागि दुर्भाग्य थियो अब सो समस्या हटेर गएकाले खुशियाली छाएको स्थानीय रानाले बताउनुभयो । दुई वर्ष पहिले निर्वाचनका बेला त्यस गाउँमा पुग्दा स्थानीयको मुख्य माग विद्युतीकरण रहेको वडा नं ७ का वडाध्यक्ष एकादेव भट्टराईले बताउनुभयो ।

“निर्वाचनका बेला त्यहाँका स्थानीयले राखेको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो”, वडाध्यक्ष भट्टराईले भन्नुभयो, “गत वर्ष विजयादशमीका समयमा यो वडाका गढभञ्ज्याङ, जालिमडाँडा, कोलङ, सामाकोट, पँधेरामा विद्युतीकरण गरिएको र यसपटक वडामा बाँकी रहेका ३५ घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराएका छौँ ।”
गाउँमा बिजुली आउने भएपछि स्थानीयले बिजुलीका पोल बोक्ने, गाड्ने तथा तार तान्ने कार्यमा सघाएका थिए । स्थानीय वडावासी र नेपाल विद्युत् प्राधिकरण स्याङ्जा वितरण शाखाले निरन्तररुपमा कार्यलाई तीव्रता दिएसँगै समयमै कार्य सम्पन्न भएको वडाध्यक्ष भट्टराईले बताउनुभयो । यो ठाउँमा पहिले नै बिजुली पुग्नुपर्ने भए पनि अहिलेसम्म बिजुली नपुग्नु दुःखद् रहेको नेपाल विद्युत् प्राधिकरण स्याङ्जा शाखाका प्रमुख सुनिल सापकोटाले बताउनुभयो ।