३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्याण्डफिल्ड साइट नहुँदा बस्ती नजिकै फोहर



अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा ल्याण्डफिल्ड लाइटको अभावमा बस्ती नजिकै फोहरमैला फालिँदा स्थानीयवासी मर्कामा परेका छन् । भिमाद बजारमा सङ्कलित फोहरमैला भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानास्थित सेती नदीको तिरमा फालिँदा स्थानीयवासी मर्कामा परेका हुन् ।

स्थानीयवासी एकबहादुर रानाले फोहर जलाएको धुवाँ र दुर्गन्धले गर्दा यहाँका स्थानीयवासीलाई सास्ती भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नदी छेउमा खुलारुपमा फालिएको फोहरले वातावरणलाई प्रदूषित बनाएको त छ नै, फोहरलाई व्यवस्थापन गर्न गलत तरिका अपनाएर आगो लगाई दिँदा दुर्गन्धले बस्तीमा बसि नसक्नुभएको छ ।”

भिमाद नगरपालिकाले स्थापना भएको दुई वर्ष बितिसक्दा पनि फोहर फाल्ने उचित ठाउँको व्यवस्थापन गर्न सकेको छैन । अव्यवस्थित तवरले नदी छेउमा खुलारुपमा फोहर फ्याँक्ने गरिएको छ । नदी छेउमा फ्याँकिएको फोहरलाई खाडलमा पुरेर व्यवस्थापन गर्नुको सट्टा जलाउने गर्दा धुवाँको मुस्लो र दुर्गन्धले स्थानीयवासी हैरान भएका छन् ।

नगरपालिकाले फोहर व्यवस्थापन गर्ने जिम्मा तनहुँ उद्योग वाणिज्य सङ्घ भिमाद बजार एकाइलाई दिइएको छ । एकाइ सभापति चतुर्भुज सुवेदीले भने व्यवस्थित तरिकाले नै फोहरको डम्पिङ गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा सङ्कलित फोहरलाई सेतीको तिरमा लगेर पुर्ने गरेका छौ । कवाडी सङ्कलन गर्नेले आगो लगाइदिने गरेका रहेछन् ।”

उहाँका अनुसार फोहर फाल्न उक्त ठाउँलाई छनोट गर्दा बस्ती थिएन । अहिले बस्ती बाक्लिदै गएपछि स्थानीयवासी प्रभावित भएको आफूहरुले पनि महसुस गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार फोहर फाल्नलाई वैकल्पिक स्थानको खोजी भइरहेको छ । उहाँले भन्नुभयो, “ल्याण्डफिल्ड साइट बनाउन नगरसँग प्रस्ताव गरिएको छ । जग्गाको खोजी भइरहेको छ ।”

भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले फोहर व्यवस्थापन गर्न ल्याण्डफिल्ड साइट निर्माण गर्न जग्गाको खोजी गरिएको बताउनुभयो ।




भर्खरै