पर्वत । आफैले बनाइरहेको बम बिस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन्। उनीहरले आफ्नै घरमा बम बनाइरहेका थिए ।
बम विष्फोटबाट विहादी गाउँपालिका ६ का २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना घाइते भएका हुन् ।
बिस्फोटमा गम्भीर घाइते छविलाल घर्तीलाई उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ भने रानाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।