२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धि दुई वटा प्रोटोकल पेस अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग निजी क्षेत्रको लगानी र पुँजीगत खर्च वृद्धि विना विकास असम्भवः सांसद गजुरेल अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा पाँच विषयगत उपसमिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : पोलार्ड र ब्राभो बैकल्पिक खेलाडीको सूचीमा



अ+ अ-

काठमाडौं । इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा मे ३० तारिखदेखि सुरु हुने विश्वकप क्रिकेटको लागि वेष्ट इन्डिजले टिमको नामापली सार्वजनिक गरेको छ ।

वेष्ट इन्डिजले आइतबार सार्वजनिक गरेको लिष्टमा स्टार खेलाडी केइरन पोलार्ड र ड्वेन ब्राभोलाई बैकल्पिक खेलाडीमा राखेको छ ।


१५ जना खेलाडीको सूचीमा नपरेका यी दुई अलराउण्डर १० खेलाडीको बैकल्पिक सूचीमा भने परेका हुन् ।

उनिहरुसँगै बैकल्पिक खेलाडीको लिष्टमा सुनिल उम्ब्रिस, जोहन क्याम्पबेल, जोनाथन कार्टर, रोस्टन चेस, शान डोर्विच, किमो पाउल, खरी पिइरे र रायमन रेइफर परेका छन् ।

विश्वकपका लागि टिम

जासन होल्डर (कप्तान)
क्रिस गेल
केमार रोयच
डारेन ब्राभो
एन्ड्रे रुसेल
शाइ होप
शेल्डन कोट्रेल
इभिन लेविस
शानोन गाब्रियल
कार्लोस ब्रैथवैट
एसले नस
शिम्रन हिटमयर
फवियन एलन
ओशान थोमस
निकोलस पोरन