५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानसँगको सिरिज इंग्ल्यान्डलाई, कप्तान सर्फराजको उत्कृष्ट पारी



अ+ अ-

काठमाडौं । पाकिस्तानसँगको पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज घरेलु टोली इंग्ल्यान्डले जितेको छ ।

अन्तिम तथा पाँचौ खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गरेसँगै सिरिज ४–० ले जितेको हो ।

३५२ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४६.५ ओभरमा सबै विकेटको क्षतिमा २९७ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका लागि कप्तान सर्फराज अहमद ९७ रनमा रन आउट भए । त्यस्तै बाबर अजाम पनि ८० रनमा रन आउट भए ।

इंग्ल्यान्डलाई जिताउन क्रिस वोक्सले पाँच विकेट लिए । त्यस्तै, आदिल रशिदले दुई विकेट लिए ।

यसअघि टस जिते पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३५१ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जोइ रुटले ८४ रन बनाए । त्यस्तै कप्तान इओइन मोर्गनले ७६ रन बनाउँदा इंग्ल्यान्डले ठूलो स्कोर बनाउन सफल भएको थियो ।

पाकिस्तानका लागि सहिन शाह अप्रिmदीले चार र इमाद वासिमले तीन विकेट लिए ।

इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो खेल भने वर्षाको कारण रद्द भएको थियो । बाँकी चार खेलमा जित हात पार्दै इंग्ल्यान्डले सिरिज जितेको हो । विश्वकपअघि भएको सिरिजमा गरेको क्लीन स्वीपले इंग्ल्यान्डको मनोबल बढेको छ ।