१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

यी भारतीय धाविका जसले पत्रकार सामू नै भनिन्- म समलिङ्गी हुँ

यी भारतीय धाविका जसले पत्रकार सामू नै भनिन्- म समलिङ्गी हुँ
अ अ+ अ-

काठमाडौं । भारतकी तेज धाविका दुती चंद आफू समलैङ्गिक सम्बन्धमा रहेको खुला रूपमा बताउने पहिलो भारतीय खेलाडी भएकी छन्।

२३ वर्षीया खेलाडी चंदले आफ्नै गाउँकी एकजनासँग पाँच वर्षदेखि उक्त सम्बन्धमा रहेको बताएकी छन्।

सन् २०१८ मा भारतको सर्वोच्च अदालतले समलैङ्गिक यौन सम्बन्धलाई अपराध नमान्ने ऐतिहासिक फैसला गरेका कारण आफू आफ्नो यौनिकताबारे बोल्न प्रोत्साहित भएको उनले बताएकी छन्।

”मेरो गाउँ (चाका गोपालपुर) कै एकजना १९ वर्षीया युवतीसँग मेरो विगत पाँच वर्षदेखि सम्बन्ध रहेको छ”, हाल हैदराबादमा प्रशिक्षणमा रहेकी उनले पत्रकारहरूलाई बताइन्।

”मैले मेरो आत्मीय मित्र भेट्टाएकी छु। प्रेम गर्ने स्वतन्त्रताको म सधैँ पक्षधर हुँ। ”प्रेमभन्दा ठूलो कुनै भावना छैन”, उनले भनिन्।

दिदी रुष्ट

विस्तारै भारतमा व्यवहारहरू बदलिन थालेको भए पनि चंदले समाचार संस्था पिटिआइसँग कुरा गर्दै उनको परिवारका केही सदस्यले उनको निर्णय नस्वीकारेको भन्दै उनकी दिदीले उनलाई परिवारबाट निकालिदिने धम्की दिएको बताइन्।

”मेरो दिदीलाई लाग्छ कि मेरी मित्रलाई केवल मेरो सम्पत्तिमा चासो छ। ”यो सम्बन्धका कारण उनले मलाई जेल पठाइदिने भनेकी छन्”, चंदले भनिन्।

कुनै पनि विश्वव्यापि प्रतियोगिताको फाइनलमा पुग्ने चंद पहिलो भारतीय धावक हुन्। सन् २०१३ को विश्व युवा च्याम्पियनसीपमा उनी फाइनलमा पगेकी थिइन्।

सन् २०१४ मा उनलाई भारतीय एथलेटिक्स महासंघले हर्मोन परीक्षणमा विफल भएको भन्दै उनीमाथि प्रतिबन्ध लगाएको थियो। उनमा अस्वाभाविक रूपमा धेरै टेस्टोस्टेरोन हर्मोन पाइएको थियो।

टेस्टोस्टेरोन भनेको पुरुषको यौन विकासको लागि जिम्मेवार मानिने हर्मोन हो।

तर पछि चंदको कानुनी टोलीले सन् २०१५ को मार्च महिनामा महासंघको उक्त निर्णय विभेदपूर्ण तथा गलत रहेको पुष्टि गराउन सफल भएको थियो।

त्यसको लगत्तै सन् २०१६ को रियो ओलिम्पिक्समा उनी छानिएकी थिइन् र सन् २०१८ मा उनले एसियाली खेलकूदमा दुईवटा रजत पदक जितेकी थिइन्।

तर आफ्नै परिवारका केही सदस्यले अझै उनको सो सम्बन्ध नस्वीकारेको उनले बताइन्। बीबीसी