५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली शान्ति सैनिकले गरे युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार (नामसहित)



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा युद्धग्रस्त मुलुक लिविया पुगी अलपत्र परेका १५ नेपाली नागरिकको नेपाली शान्ति सेनाले उद्दार गरेको छ।

दुतावासका अनुसार उद्धार गरिएकोमा गुप्त बहादुर विक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, अजय कुमार चौधरी र प्रकाश विश्कर्मा, पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, वुद्धि बहादुर अधिकारी क्षत्री, कृष्ण कोइराला, राजु विश्वकर्मा र मनोहर कार्कीको रहेका छन् ।

इजिप्टको कायरोस्थित नेपाली दूतावासको पहलमा ट्रिपोलीमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति नियोगको नेपाली सेना र लिवियाको सुरक्षा निकाय तथा आईओएनसँग समन्वय तथा सहयोगमा इजिप्टस्थित नेपाली दूतावासले उनीहरुको उद्दार गरेको हो ।

दूतावासका अनुसार उद्धार गरिएका नागरिकहरुलाई कार्यरत कम्पनीले डरत्रास देखाइ काममा लगाएको र नेपाल फर्कनका लागि राहदानी समेत नदिएकाले कायरोस्थित दुतावासले ट्राभल डकुमेन्ट बनाइदिएको थियो ।

यसअघि कायरो दूतावासकै पहलमा मे पहिलो साता पनि अलपत्र ७ नेपालीको उद्धार गरिएको थियो ।

लिबियामा पछिल्लो समय हिंसात्मक सशस्त्र सङ्घर्ष जारी छ ।