५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम र गृहमन्त्रीले संसदमा महत्वपूर्ण प्रस्ताव पेश गर्ने, काँग्रेसद्धारा संसदमा प्रतिरोध गर्ने चेतावनी



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले विभिन्न प्रतिवेदन र विधेयकहरु पेश गर्ने कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार सोमबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले बैठकमा व्यवस्थापन कार्य अन्र्तगत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास सम्बन्धी विधेयक, २०७५ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उनले नै राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ प्रस्तुत गर्नेछन् ।

यता महालेखा परीक्षकको छपन्नौं वार्षिक प्रतिवेदन, २०७५, नेपाल सरकारको आर्थिक वर्ष २०७४/०७५ को सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७४/०७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसुचि प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘प्रहरी समायोजन विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने र प्रहरी समायोजन विधेयक, २०७५ पेश गर्ने कार्यक्रम रहेको छ ।

उता प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले विवादमा आएका विभिन्न विधेयकहरु संसदमा पेश गरे त्यसको शसक्त प्रतिरोध गर्ने तयारी गरेको छ । मिडिया काउन्सिल विधेयक, सुरक्षा परिषद विधेयक र मानवअधिकार आयोग जस्ता विधेयकको आफुहरुले विरोध गर्ने काँग्रेस ससदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बताए ।