५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नगरी ल्याइयो : नेपाल



अ+ अ-

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नगरी ल्याइएको बताएका छन्।

दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपालले पार्टीमा छलफल गर्ने वातावरण नहुँदा धेरै विरोध खेप्नु परेको बताए।

उनले आफूहरूसँग परामर्श तथा छलफल नै नगरी ल्याउन लागेको विधेयकका बारेमा के भन्ने कुरा अन्यौलता छाएको बताए।

नेता नेपालले पछिल्लो समय पहिलो हुने नाममा समाचार सत्य र तथ्यमा भन्दा पनि अनुमानको भरमा लेखिने हुँदा पत्रकारिताप्रति आम मानिसको विश्वसनियता कम हुँदै गएको उनको भनाइ थियो।