२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह नेपाल–चीनबीच कृषि तथा वन क्षेत्रको सहकार्य विस्तारबारे छलफल कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह कर्णालीका स्थानीय तहमा २८ प्रतिशत कर्मचारी अभाव, १ हजार ३६३ दरबन्दी रिक्त इमान्दारी र समर्पण भए असम्भव केही छैनः अध्यक्ष ढकाल आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम… धमाधम बक्यौता तिर्दै औद्योगिक क्षेत्रका उद्योग ग्लोबल कन्ज्युमर एक्स्पो आजदेखि भृकुटीमण्डपमा, ३५ हजारभन्दा बढी आगन्तुक भित्रिने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नगरी ल्याइयो : नेपाल



अ+ अ-

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नगरी ल्याइएको बताएका छन्।

दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपालले पार्टीमा छलफल गर्ने वातावरण नहुँदा धेरै विरोध खेप्नु परेको बताए।

उनले आफूहरूसँग परामर्श तथा छलफल नै नगरी ल्याउन लागेको विधेयकका बारेमा के भन्ने कुरा अन्यौलता छाएको बताए।

नेता नेपालले पछिल्लो समय पहिलो हुने नाममा समाचार सत्य र तथ्यमा भन्दा पनि अनुमानको भरमा लेखिने हुँदा पत्रकारिताप्रति आम मानिसको विश्वसनियता कम हुँदै गएको उनको भनाइ थियो।