१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

गलत सूचनाका कारण स्वतन्त्र तिब्बत सम्बन्धी कार्यक्रममा पुग्यौँ

गलत सूचनाका कारण स्वतन्त्र तिब्बत सम्बन्धी कार्यक्रममा  पुग्यौँ
अ अ+ अ-

काठमाडौं । समाजवादी पार्टीका सांसद प्रदीप यादव र राष्ट्रिय जनता पार्टी नेपालका अकवाल मियाँले गलत सूचनाका कारण तिब्बतसम्बन्धी सम्मेलनमा सहभागिता हुन गएको प्रति दुःख व्यक्त गरेका छन् ।

गत वैशाख २४ देखि २७ गतेसम्म लाटभियाको राजधानी रिगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरूको भेलामा नेपालको प्रतिनिधि सभाका दुई सांसदहरू सहभागी भएका थिए।

तर आज विज्ञप्ति जारी गर्दै व्यक्तिगत हैसियतमा निजी तवरबाट टर्की, स्वीट्जरल्याण्ड र लाट्भियाको भ्रमणमा गएका बेला कानून निर्माताहरुको अन्तरराष्ट्रिय सम्मेलन हुन लागेको भन्ने गलत सूचनाका कारणले अनभिज्ञतावश सहभागी हुन पुगेको उल्लेख गरेका छन् ।

“जब हामीलाई सम्मेलनका बारेमा यथार्थ जानकारी भयो, हामी तत्काल सम्मेलनस्थल छोडी स्वदेश फर्कियौँ, गलत सूचनाको कारणबाट उक्त सम्मेलनमा हाम्रो सहभागिता हुन गएको प्रति हामी दुःखी छौँ”, सांसदद्वय मियाँ र यादवले संयुक्तरुपमा हस्ताक्षर गरी जारी गरेको वक्तव्यमा भनिएको छ ।

नेपालको संविधान, प्रचलित कानूनले निर्धारण गरेका अन्तरराष्ट्रिय सम्बन्ध तथा सरकारको एक चीन नीतिप्रति प्रतिबद्धता र दृढ समर्थन रहेको उनिहरुले बताएका छन् ।

प्रतिनिधिसभा नियमावली २०७५ ले सदस्यका लागि निर्धारण गरेका शर्तबन्देजलगायत पालना गर्नुपर्ने आचार संहितासम्बन्धी व्यवस्थालाई पूर्ण रुपमा पालना गरिने प्रतिबद्धता पनि विज्ञप्तिमार्फत व्यक्त गरिएको छ ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने यादवको सहभगिताबारे पार्टीलाई कुनै जानकारी नभएको बताएका छन् । उनले विज्ञप्ति जारी गर्दै यादवले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभए अनुशासनको कारबाही गर्ने समेत बताएका छन् ।

‘कार्यक्रममा पुगेपछि मात्रै जान नहुने ठाउँमा पुगियो भन्ने थाहा भयो। त्यसपछि त्यहाँबाट हामी निस्कियौं। मैले बिरामी भएको बहाना बनाएँ। उनीहरूले औषधी किन्न मान्छेसँगै पठाउन खोजेका थिए। अकबालजीले मेरो कोठामा छ औषधी भन्नुभयो,’ प्रदीप यादवले भने, ‘नेपालको नीतिविपरित छ भन्ने लागेपछि बहाना बनाएर कार्यक्रमबाट निस्कियौं।’

उनले नेपालको परराष्ट्र नीति र कानुनविपरितका कुनै गतिविधिमा सहभागी नभएको बताए।