५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारको अधिकारमात्र नभएर भ्रष्टाचारपनि गाउँगाउँमा पुग्यो : अध्यक्ष बिजुक्छे



अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबारको अधिकारमात्र नभएर भ्रष्टाचारपनि गाउँगाउँमा पुगेको बताएका छन् ।

भक्तपुरमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले भने, ‘बालुवाटार र शीतल निवासको भ्रष्टाचार हाल स्थानीय निकायमा सरेको छ ।’

प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डको पूँजीवादी नीतिको ‘व्यक्ति धनी हुने सिद्धान्त’का कारण वर्तमान सरकार नाम मात्रको कम्युनिष्ट सरकार भएको उनले बताए ।

सरकारले गरिब जनताका लागि भन्दापनि धनीहरुको फाइदाको काम गरेको अध्यक्ष बिजुक्छे भनाई छ ।