५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले ५०औं विवाह उत्सव पप्पु कन्सट्रक्सनको पैसाले मनाए : अध्यक्ष बिजुक्छें



अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रचण्डले ५०औं विवाह उत्सव पप्पु कन्सट्रक्सनको पैसाले मनाएको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा सोमबार आयोजित साक्षात्कारमा बोल्दै बिजुक्छेंले पप्पुको पैसाले तारे होटलबाट मगाएका भोज खुवाएसँगै प्रचण्ड भ्रष्टचारीको नायक भएको आरोप लगाएका हुन् ।

उनले बालुवाटार र शीतल निवासको भ्रष्टाचार हाल स्थानीय निकायमा सरेको छ आरोप समेत लगाए । प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डको पूँजीवादी नीतिको ‘व्यक्ति धनी हुने सिद्धान्त’का कारण वर्तमान सरकार नाम मात्रको कम्युनिष्ट सरकार भएको उनले बताए ।

सरकारले गरिब जनताका लागि भन्दापनि धनीहरुको फाइदाको काम गरेको अध्यक्ष बिजुक्छे बताए । उनले वर्तमान सरकार नामको मात्र कम्युनिसट सरकार भएको भन्दै सरकारको आचरणलाई नियाल्दा कम्युनिस्ट भन्न नसकिने बताए ।