१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

गाउँमा सरुवा रोगको प्रकोपः चिकित्सक र औषधि अभाव

गाउँमा सरुवा रोगको प्रकोपः चिकित्सक र औषधि अभाव
अ अ+ अ-

बाँके– बाँकेका अति दुर्गम मानिएका केही गाउँमा अहिले झाडापखाला र कमलपित्त (जण्डिस) लगायत सरुवा रोगको प्रकोप फैलिएको छ । खयरभट्टी, चुनभट्टी, महेशपुरलगायत केही गाउँमा अहिले झाडापखाला र कमलपित्त रोगको प्रकोप देखिएको हो । केही सातादेखि विभिन्न रोगको प्रकोप फैलिएपछि यहाँका आधा दर्जन गाउँका मानिस प्रभावित भएका छन् । 

झाडापखाला, कमलपित्तलगायत रोग लागेका बिरामीको सङ्ख्या धेरै भएको स्थानीयवासीले बताए । महेशपुरकी मिना बुढाले गाउँमा फैलिएका विभिन्न रोगका कारण स्थानीयवासी आक्रान्त बनेको बताए । ‘गाउँमा रहेको एउटा स्वास्थ्य चौकीमा पनि स्वास्थ्यकर्मी नआएको महिनौ भइसक्यो’, उनले भने, ‘स्वास्थ्य चौकीमा सिटामोल दिनका लागि कार्यालय सहयोगीसमेत छैनन् ।’ उहाँका १० वर्षका छोरालाई पनि कमलपित्तले भेटाइसकेको छ । 
‘छोरालाई कमलपित्त रोग लागेको एक महिना भइसक्यो, भारतका अस्पताल र नेपालगञ्जसम्म पुर्याउँदा पनि ठीक भएको छैन’, स्थानीय बुढाले भनिन्, ‘अब त छोराको उपचार गर्ने पैसा पनि छैन ।’ यहाँका प्रायः सबै घरमा कुनै न कुनै रोग लागेका व्यक्ति रहेको स्थानीय बासिन्दा बताउँछन् । 

बुढाका अनुसार कमलपित्त रोगबाट थलिएकी ३० वर्षीया कविता रोकाको अवस्था गम्भीर छ । भारतीय सीमा नजिकका अस्पतालमा उपचार गराएकी उनको अवस्था ठीक हुनुको साटो झन बिग्रँदै जान थालेको छ । स्थानीयका अनुसार कमजोर आर्थिक अवस्थाका कारण कविताको थप उपचार गर्ने अवस्था छैन । 

राज्यको नजरमा पर्न नसकेका यहाँका आधा दर्जनभन्दा बढी गाउँका मानिस आफ्नो गाउँ आउनका लागि भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । दैनिक उपभोग्य सामग्रीदेखि स्वास्थ्य उपचारसम्म भारतमा नै निर्भर रहनुपरेको स्थानीय अम्मर घर्तीले बताए । उनले झाडापखाला, कमलपित्त, शरीर चिलाउने लगायतका रोग एकैपटक देखापरेको बताए ।

‘गाउँमा अनेका खालका रोग एकैपटक देखिएका छन्’, घर्तीले भने, ‘गाउँमा नाम मात्रैको स्वास्थ्य चौकी छ, कर्मचारी कहिल्यै बस्दैनन् ।’ आर्थिक अवस्थाका कारण रोग लागे पनि उपचार गर्न भारतीय बजार जान नसकेको उनले बताए । राप्तीसोनारी गाउँपालिका–४ मा पर्ने यी गाउँमा सरकारी विद्यालयबाहेक अन्य कुनै सरकारी निकायको उपस्थिति छैन । 

एउटा स्वास्थ्य चौकी रहे पनि त्यहाँ दरबन्दीमा रहेका स्वास्थ्यकर्मी महीनौँ आउँदैनन् । सडक सञ्चारलगायतका सुविधा नपुगेको यो गाउँमा पुग्न भारतीय गाउँसम्म सवारी साधनमा र त्यसपछि दुई घण्टा पैदल हिँडेर मात्र पुग्न सकिन्छ । बिरामीलाई अस्पतालसम्म पु¥याउनसमेत सास्ती छ । शुक्रबार गाउँमा पुगेकी सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’लाई स्थानीयवासीले स्वास्थ्यकर्मी र औषधि पठाइदिन आग्रह गरे । उनीहरुले सरकारको नजरमा आफूहरु पुग्न नसकेको भन्दै सांसद केसीसमक्ष समस्या समाधान गर्न आग्रह गरे । 

प्रदेशसभा सदस्य केसीले अति दुर्गम गाउँमा विभिन्न रोग देखापरेको बताउँदै त्यसको नियन्त्रणका लागि आवश्यक पहल गरिएको जानकारी दिए । केही दिनमा नै स्वास्थ्यकर्मी र औषधिसहित आफू त्यस गाउँमा जाने सांसद नमूनाको भनाइ छ ।  

‘गाडी पनि नजाने र भारतीय क्षेत्र हुँदै त्यहाँ पुग्नुपर्ने भएकाले अलिकति समस्या देखिएको छ’, उनले भने, ‘ती गाउँमा विभिन्न रोगबाट स्थानीयवासी आक्रान्त हुनुभएको छ । स्वास्थ्य उपचारका लागि विशेषज्ञ डाक्टरसहितको टोली लैजान छलफल चलाइराखेको छु । केही दिनमा नै स्वास्थ्यकर्मी र औषधिसहित हामीहरु त्यहाँ जान्छौँ ।’