१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

गणतन्त्र ल्याउन कांङ्ग्रेसले भूमिका नै खेलेको छैन्, अब सरकारको काम देखेर छटपटी सुरु हुन्छ : प्रधानमन्त्री

गणतन्त्र ल्याउन कांङ्ग्रेसले भूमिका नै खेलेको छैन्, अब सरकारको काम देखेर छटपटी सुरु हुन्छ : प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एक वर्षमा मुलुकको विकासमा देखिने गरी परिवर्तन आउने दावी गरेका छन् ।

सोमबार धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै उनले भने ‘एकवर्षमा कति फरक भयो । अर्को वर्ष हेर्नुस् कति फरक हुन्छ’ । यही हुन्छ भनेर छटपटी भएको छ ।’

उनले प्रमुख बिपक्षी दल नेपाली कांङ्ग्रेसले गणतन्त्र ल्याउन एक थोपा पनि भूमिका नखेलेको बताए । उनले भने- ‘अहिले हामीलाई लोकतन्त्र सिकाइरहेका छन् ।’

फरक प्रशंगमा उनले नेपाल सानो देश भनेर आफैलाई अवमूल्यन गर्न नहुने भन्दै उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्नो अनुभव बाँड्नुपर्ने बताए ।

टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउनेछ । यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पुर्याउनेछ ।
मध्यपहाडी लोकमार्गको ८ सय ४ किलोमिटर र राजमामार्गबाट विभिन्न स्थान लिंक गर्न १ हजार पाँच सय ७२ किलोमिटरमा अप्टिकल फाइबर बिछ्याउने काम गर्ने टेलिकमको योजना छ ।

टेलिकमले ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउने छ भने सदरमुकाम जोड्न अप्टिकल ४८ कोर र नगरपालिकाहरु जोड्न २४ कोरका फाइबर प्रयोग हुनेछन् ।

अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउनेछ । फागुन ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले काम गर्न नसक्ने भन्दै यूटीएलसँग गरिएको सम्झौता खारेज गरेको यूटीएलसँग खारेज गरेको थियो ।

यूटिएलसँग सम्झौता खारेज भए लगतै नेपाल टेलिकमलाई अप्टिकल फाइबर बिच्छाउने कामको जिम्मा दिएको हो । नेपाल सरकारले गरेको सम्झौता अनुसार यूटीएलले आगामी बैशाख १५ गतेसम्म काम नै सक्नुपर्ने थियो ।

टेलिकमले यो योजनाका लागि पाँचओटा कम्पनी छानेर सम्झौता गरेको छ । कोरियाको एलएस केबुल्सले प्रदेश १ को पाँच सय ९६ किलोमिटरमा काम गर्नेछ । नेपालको अरोग्य कन्स्ट्रक्सनसहित चिनियाँ कम्पनीको जेभीले प्रदेश २ को एक हजार २८ किलोमिटरको जिम्मा पाएको छ ।