१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी

शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी
अ अ+ अ-

काठमाडौं– धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९.१३ बिन्दुले घटेर एक हजार ३०७.७१ अङ्कमा झरेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९९ बिन्दुले घटेर २७९.८० मा घटेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता शेयर रु एक अर्ब २२ करोड पाँच लाख सात हजार ४८५ मूल्यमा खरीद बिक्री भए । 

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयरमा वृद्धि भएको छ । जलविद्युत् १६.५९ र अन्य २.७६ बिन्दुले बढेको छ । त्यस्तै बैंकिङ ७.२७, होटल ४.५८, विकास बैंक २०.३५, वित्त १९.९६, निर्जीवन बीमा ११९.२५, उत्पादन ५२.६९, लघुवित्त १६.८२, जीवन बीमा ८५.४४ र सामूहिक लगानी कोष ०.१९ बिन्दुले घटेको छ । 

शिवम् सिमेन्टको सबैभन्दा बढी मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २५ करोड २१ लाख ६० हजार २९३ मा कारोवार भएको छ । यस्तै नेपाल बैंक लिमिटेड रु २३ करोड २१ लाख ९५ लाख ४९८, हिमालयन डिस्टिलरी रु आठ करोड २९ लाख ५६ लाख ७२१, बुटवल पावर कम्पनी रु चार करोड ४७ लाख सात हजार ५६७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज कर्पोरेट डेभलपमेन्ट बैंक ९.९१, मल्टीपर्पोज फाइनान्स कम्पनी ९.७०, सिन्धु विकास बैंक ९.२९, वेस्ट फाइनान्स कम्पनी ९.२८, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.०९ प्रतिशतले कमाएका छन् । 

यस्तै आज पाँचथर पावर कम्पनी ७.७६, मिथिला लघुवित्त वित्तीय संस्था ७।२५, शिवम् सिमेन्ट ५.४०, रिडी हाइड्रो पावर ५.०५, कन्काई विकास बैंकका शेयरधनीले ४.७६  प्रतिशतले गुमाएका छन् ।