५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी एनपीएलः खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला चट्याङ लागेर एकको मृत्यु चितवन २ का मतदाता भन्छन्ः रविलाई भोट दिएर पछुतो लागेको छ प्रधानमन्त्री ओली न्युयोर्कमा राप्रपाका अध्यक्ष लिङ्देन बेलायत प्रस्थान महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीभीआइपी निवास आसपास ड्रोन उडाउन रोक



अ+ अ-

काठमाडौं । सरकारले अतिविशिष्ट पदाधिकारी निवासको १ किलोमिटर हवाई दूरीभित्र ड्रोन उडान निषेध गरेको छ । ड्रोन उडान सम्बन्धी नयाँ कार्यविधिमार्फत सरकारले पहिलोपटक ड्रोन निषेधित क्षेत्र तोकेको हो ।

अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका निवास वरपर र देशको प्रमुख प्रशासनिक अड्डा सिंहदरबार आसपास पनि अब ड्रोन उडाउन पाइने छैन । य

यस्तै, काठमाडौं उपत्यकाका माइतिघर मण्डला, स्वयम्भूनाथ, बौद्धनाथ, बुढानिलकण्ठ, दरवार स्क्वायर क्षेत्रमा पनि ड्रोन उडाउन रोक लगाइएको छ । पुरातात्विक तथा धार्मिक क्षेत्र निर्धारण गरेका स्थानमा पनि यसतो निषेध लागू हुनेछ ।

सरकारले ड्रोन उडाउन नेपाललाई तीन क्षेत्रमा वर्गिकरण गरेको छ । त्यसमध्ये संवेदनशिल क्षेत्रमा ड्रोन निषेध गरिएको हो । सामान्य क्षेत्रका रुपमा मानवरहित इलाका, संरक्षित वा नियन्त्रित क्षेत्र बाहेकका खुला क्षेत्रलाई मानिएको छ । मध्यम क्षेत्रका रुपमा बस्ती, समूदाय, संरक्षित वा आरक्षित क्षेत्रलाई मानिएको छ ।

यस क्षेत्रमा भने सरकारी निकायबाट अनुमति लिएर ड्रोन उडाउन पाइनेछ । ड्रोन सूर्योदयदेखि सूर्यास्तसम्म, जमिनबाट भिजिविलिटी ५ किलोमिटर रहेको अवस्थामा मात्र उडाउन पाइन्छ ।