५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारले गरेका आन्दोलन गलत छैन, संविधानले दिएको हक कुण्ठित गर्नु हुँदैन : खनाल



अ+ अ-

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति असहमति जनाएका छन् ।

गृह जिल्ला इलाम जानेक्रममा सोमबार झापाको बिर्तामोडमा पत्रकारसँग कुरा गर्दै नेता खनालले पत्रकारले गरिरहेको आन्दोलन गलत नभएको बताए ।

उक्त आन्दोलनले प्रेस स्वतन्त्रतालाई स्थापित र प्रेसलाई मर्यादित बनाउन बहस सिर्जना गरेको उनको भनाइ छ ।नेपालको संविधानले दिएको हक कुनै पनि बाहनामा कुण्ठित गर्न नसक्ने बताए ।

‘संविधानले प्रेस स्वतन्त्रताको जे परिकल्पना गरेको छ, त्यो परिकल्पनाभन्दा माथि सरकार जान सक्तैन । हामी सरकारलाई त्यसरी हिंड्न दिनेछैनौं’ उनले भने ।