१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारले गरेका आन्दोलन गलत छैन, संविधानले दिएको हक कुण्ठित गर्नु हुँदैन : खनाल



अ+ अ-

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति असहमति जनाएका छन् ।

गृह जिल्ला इलाम जानेक्रममा सोमबार झापाको बिर्तामोडमा पत्रकारसँग कुरा गर्दै नेता खनालले पत्रकारले गरिरहेको आन्दोलन गलत नभएको बताए ।

उक्त आन्दोलनले प्रेस स्वतन्त्रतालाई स्थापित र प्रेसलाई मर्यादित बनाउन बहस सिर्जना गरेको उनको भनाइ छ ।नेपालको संविधानले दिएको हक कुनै पनि बाहनामा कुण्ठित गर्न नसक्ने बताए ।

‘संविधानले प्रेस स्वतन्त्रताको जे परिकल्पना गरेको छ, त्यो परिकल्पनाभन्दा माथि सरकार जान सक्तैन । हामी सरकारलाई त्यसरी हिंड्न दिनेछैनौं’ उनले भने ।