५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टीम : विराजको कप्तानमा टोलीको घोषण, भरत र विमल परेनन्



अ+ अ-

काठमाडौं । मलेसिया र चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले सोमबार बेलुकी २३ सदस्यीय टिमको टुंगो लगाएका हुन् ।

नेपाली टीममा पहिलो पटक अभिषेक रिजालले स्थान बनाएका छन् । पुराना अनुभवी खेलाडी जगजित श्रेष्ठ भने टिममा परेका छैनन् ।

यता आर्मीका कप्तान भरत खवास, हेमन गुरुङ र विमल घर्तीमगर टिममा छैनन् । उनीहरु चोटका कारण टीममा पर्न असफल भएका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्स : विराज महर्जन (कप्तान), सरोज दाहाल, रन्जित धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्ड: सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ,

फरवार्ड : विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट ।

नेपालले जुन २ तारिखमा मलेसियासँग उसैको भूमिमा खेल्दैछ भने जुन ६ तारिखमा चाइनिज ताइपेइसँग खेल्दैछ ।