• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउँछौ : शाह



सिन्धुली । नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले अहिलेको सरकारलाई नेपाली काङ्ग्रेसले लोकतान्त्रिक संस्कार सिकाउने बताउनुभएको छ ।

सरकारले चालेका पछिल्ला गतिविधि अलोकतान्त्रिक भएको भन्दै उहाँले प्रतिपक्षको तर्फबाट सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउने बताउनुभएको हो । सोमबार सिन्धुलीमाढीमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार अलोकतान्त्रिक भएको र जनभावनाविपरीत विभिन्न गतिविधि गर्दै आएकाले सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउन काङ्ग्रेसले रचनात्मक भूमिका खेल्ने बताउनुभयो ।

सरकारले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने उहाँले बताउनुभयो । विधेयकको विरोध नेपाली काङ्ग्रेसले खुलेर गरेको र पत्रकारको हकहितका लागि आफ्नो पार्टी पत्रकारसँगै रहनेसमेत बताउनुभयो । जनतालाई आतङ्कित बनाएको भन्दै उहाँले प्रेस स्वतन्त्रता नभए पञ्चायत, राणाकालभन्दा पनि डरलाग्दो अवस्थामा यो सरकारले देशलाई लैजान लागेको बताउँदै अराजकतासँगै मुलुकलाई अस्थिरतातिर लैजाने अहङ्कारको खिलाफमा देशभर काङ्ग्रेसले जागरण अभियान चलाएको उहाँले स्पस्ट पार्नुभयो ।

उहाँले अहिले देशमा भ्रष्टाचार, अत्याचार बढ्दै गएको सुशासन कायम नभएको समेत बताउनुभयो । सरकारका बेथितिविरुद्ध नेपाली काङ्ग्रेसले राष्ट्रिय जागरण अभियान शुरु गरेकाले साथ दिन समेत उहाँले आग्रह गर्नुभयो ।