१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

विकास साझेदार निकायलाई सहकार्य गरी काम गर्न कामपाको आग्रह

विकास साझेदार निकायलाई सहकार्य गरी काम गर्न कामपाको आग्रह
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझेदार निकायलाई विकासका हरेक काम गर्दा सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ । कामपाले आगामी जेठ १५ भित्र साझेदार निकायलाई कामपाको विवरण बुझाउनका लागि पत्राचारसमेत गरिसकेको छ ।

कामपाको शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार यसरी पत्राचार गरिएको निकायमा सडक विभाग, डिभिजन सडक कार्यालय, दूरसञ्चार प्राधिकरण, विद्युत् प्राधिकरण, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड रहेका छन् । प्रमुख कुँवरका अनुसार गत वैशाख २७ गते बसेको बैठकले साझेदारी निकासँग समन्वय नगरी आ–आफ्नो ढङ्गबाट काम गर्दा प्रभावकारीरूपमा काम हुननसकेको भन्दै जेठ १ गते ती निकायलाई पत्राचार गरिएको हो ।

“व्यवस्थित शहर निर्माणका लागि कामपा एक्लैले वा साझेदार निकाय मात्रैले निर्माण गर्न नसक्ने हँुदा समन्वय गर्नकै लागि पत्राचार गरिएको हो”, कुँवरले भन्नुभयो । पत्रअनुसार सडक विभाग र डिभिजन सडक कार्यालयलाई पठाइएको पत्रमा नौ वटा काम उल्लेख छन् । जसमा सडकपेटीमा जडान गरिएका रेलिङबार राख्ने र मर्मतसम्भार गर्ने, विशिष्ट व्यक्तिको आवतजावत हुने सडक र मुख्य सडकमा जेब्राक्रस चिह्न लगाउने, सडकको दायाँबायाँ र बीचमा गरिने ट्राफिक चिह्न राख्ने कामलाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै महानगरपालिका क्षेत्रभित्रका सडक सञ्जालमा कुन सडक कुन निकायको जिम्मेवारीमा पर्छ रु यकिन गरेर पठाउने, सडकको विभिन्न चोकमा जडान गरिएका ट्राफिक बत्तीलाई तुरुन्त मर्मतसम्भार गर्ने र थप ट्राफिक बत्ती जडान गर्नुपर्ने भएमा स्थान पहिचान गरी जडान गर्ने काम पनि विभाग र डिभिजन कार्यालयलाई तोकिएको छ ।

सडकको दाँयाबायाँ माटो थुपारेर राखिरहने कामलाई निरुत्साहित गर्ने, सडक विस्तारलगत्तै सडकमा धुलो नउड्ने व्यवस्था मिलाउने र उक्त सडकको मर्मतसम्भार तुरुन्त गर्ने, निर्माण मर्मतसम्भारपश्चात बाँकी रहेका निर्माण सामग्री र निर्माणजन्य फोहर तुरुन्त हटाई सफा गर्ने÷गराउने काम पनि सडक विभाग र डिभिजनलाई दिइएको छ ।

त्यस्तै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले, ठाउँठाउँमा जाम भएको ढल खोल्नुपर्ने, पुरानो ढल फेर्नुपर्ने काम तोकिएको छ । सडकमा ढल जाम भएर सडकमा आवतजावत अवरुद्ध हुने भए आउँदो बर्खा अगाडि नै उक्त समस्याको समाधान लिमिटेडले गर्नुपर्नेछ । यसका लागि सम्भावित क्षेत्रको ढलको मङ्गाल ९मेनहोल० सफाइ गर्ने, आकस्मिकरूपमा ढल जाम भएको स्थानमा गएर ढल खोल्न स्रोतसाधनसहित जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

वर्षात्को समयमा आकस्मिकबाहेक ढल निर्माण तथा जडान नगर्न सम्बन्धित निकायसँग समन्वय गर्ने, ढल मर्मतसम्भार तथा जडानपछि बाँकी रहेको निर्माण सामग्री र निर्माणजन्य फोहर तुरुन्त हटाउने, निर्माणकार्य गर्दा निर्माण गर्ने कम्पनीको नाम र निर्माण सम्पन्न गर्ने समय उल्लेख भएको बोर्ड निर्माणस्थलमा राख्न लगाउने कामलाई प्राथमिकताका साथ अघि बढाउन पत्रबाट अनुरोध गरिएको हो ।

यता, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका भागमा सात काम परेका छन् । महानगर क्षेत्रभित्र खानेपानीका पाइपलाइन जडान गर्ने कामको तालीका बनाएर मात्र ठेकेदार÷कम्पनीलाई काममा लगाउने, खानेपानी विस्तारसँग सम्बन्धित काम सकेसम्म रातको समयमा गर्ने व्यवस्था मिलाउने, पाइप जडानकार्य गर्दा सडकमा निर्माण सामग्रीले सवारीसाधन तथा यातायात आवागमनमा बाधा नपु¥याउने र वरिपरि धुलो ननिस्कने गरी छोपेर कार्य गर्ने निर्देशनालयले गर्नुपर्ने छ ।

विद्युत् प्राधिकरणलाई चार जिम्मेवारी दिइएको छ । सडकका दायाँबायाँ जडान भएका विद्युत् र टेलिफोनका पोलमा टाँगिएका केबुल टेलिभिजन र अन्य सञ्चारका तारको व्यवस्थापन प्राधिकरणका मुख्य काम तोकिएको छ । यस्ता तारको व्यवस्थापनका लागि अल्पकालीन र मध्यकालीन योजना तथा कार्यक्रम बनाउनुपर्ने, सडक विस्तारमा परेका विद्युत् र टेलिफोनका पोललाई सडक विस्तारसँगै तुरुन्त हटाउने व्यवस्था मिलाउने, सडक किनारमा रहेका तार नभएको पिलर हटाउने, बाङ्गाटिङ्गा पिलर सोझ्याउने काम प्राधिकरणले गर्नुपर्नेछ ।