१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

अनलाइनखबरले नेकपा पार्टी फुटाउने योजना अनुसार समाचार प्रकाशित गर्ने गरेको खुलासा

अनलाइनखबरले  नेकपा पार्टी फुटाउने योजना अनुसार समाचार प्रकाशित  गर्ने गरेको खुलासा
अ अ+ अ-

काठमाडौं । अनलाइनखबर डट कम(OnlineKhabar.com) गृहमन्त्री रामबहादुर थापा ‘वादल’ को विरुद्ध सुनियोजित प्रचार योजनामा निरन्तर लागेको आरोप लागेको छ । पार्टी फुटाउनेहरुको सुनियोजित योजना अनुसार शृङ्खलाबद्ध समाचार आएको नेकपाले आरोप लगाएको हो ।

पार्टी एकताका मुख्य सारथी अध्यक्ष प्रचण्ड र केपी ओलीको बीचमा आशंका र दरार पैदा गराउने र पार्टी फुटाउनेहरुको सुनियोजित योजना अनुसार शृङ्खलाबद्ध समाचार आएको नेकपाले बताएको छ ।

अनलाइनखबर डट कम ले ‘नेकपामा नयाँ ट्वीस्ट, बादलले छाडे प्रचण्डको साथ’ भन्ने समाचारलाई गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदी ‘पथिक’ ले प्रायोजित समाचार रहेको बताए ।

उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘इमान्दार र अविवादित नेतालाइ अनावस्यक र सुनियोजित तवरले बिवादमा ल्याउने प्रयत्न, यसको बिस्तारमै खण्डन गर्न आवश्यक छ ।’

अनलाइनखबर डट कम गृहमन्त्री थापाका विरुद्ध सुनियोजित प्रचार योजनामा निरन्तर लागेकाले उसको समाचारका बारेमा सचेत पाठक प्रष्ट हुँदै गएको सचिवालयले जनाएको छ ।