चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरका सहायक डिन प्रा. विष्णुराज ओझामाथि कालोमोसो र जुत्ताको माला लगाउने ६ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आज रामपुर क्याम्पस परिसरबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा गोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, सन्तोष खतिवडा, विभोर गौली र सुशन पौडेल रहेका छन् । उनिहरु छैटौं समेष्टरका विद्यार्थी थिए ।
यसअधि विश्वविद्यालय कार्यकारी परिषद्को बैंठकले उनिहरुलाई ६० दिनका लागि निष्कासन समेत गरेकने थियो । प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार प्रा ओझाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि विद्यार्थीलाई पक्राउ गरिएको हो ।
यी विद्यार्थीहरुको समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि ४ दिनमा नै कोर्ष सिध्याएको, प्रयोगात्मक कक्षामा डेढ सय जना विद्यार्थी राखेको, राजनीतिक आस्थाका आधारमा अंक दिने गरेको आरोप लगाउँदै कालोमोसो र जुत्ताको माला लगाएका थिए ।