५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुंगामा सरकार विरुद्ध प्रदर्शन, कालोबजारीको अन्त्य र संसदीय व्यवस्था खारेजीको माग



अ+ अ-

ओखलढुंगा । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिगले ओखलढुंगाको सदरमुकाममा सरकार विरुद्ध प्रदर्शन गरेको छ।

लिगको ओखलढुंगा–सोलुखुम्बु जिल्ला समितिले मंगलबार वर्तमान सरकार कम्युनिष्टका नाममा दलाल र फाँसीवादी शैलीमा चलेको भन्दै संसदीय व्यवस्था खारेजीको मागसहित उनिहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले भ्रष्टाचारी, कालोबजारीको अन्त्य र संसदीय व्यवस्था खारेजीको माग गरेका थिए ।

लिगको विरोध र्‍यालीलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका ओखलढुंगा–सोलुखुम्बु सेक्रेटरी रुद्रकुमार फुयलले नयाँ जनवादी क्रान्ति सुरु भएको दावी गरे।