२८ कार्तिक २०८१, बुधबार
,
Latest
किएभमा रूसी क्षेप्यास्त्र आक्रमणको चेतावनीपछि देशभर सावधानी अपनाइँदै इमान र निष्ठामाथि धावा बोल्नेबिरुद्ध कानूनी लडाईं लड्छुः पर्यटनमन्त्री पाण्डे पाकिस्तानमा जन्ती बोकेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीले बुझाए १० बुँदे ज्ञापनपत्र यसरी जोगिन सकिन्छ लेक लाग्नबाट कर्णालीको ट्यालेन्ट हन्ट शुक्रबार काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो प्रमुखको भेट भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल आउदै जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौं :प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काम नगर्ने कर्मचारीलाई कडा कारवाही गरिन्छ: प्रशासनमन्त्री पण्डित



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कडा कारवाही चेतावनी दिएका छन् । उनले जिम्मेवारी अनुसार कामै नगर्ने कर्मचारीलाई सरकारले कडा कार्वाही गर्ने बताए ।

मङ्गलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिका सदस्यहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा उनले उत्साहका साथ काम गर्ने वातावरण बनाउन सरकार लागि परेको दावी गर्दै अटेर गर्नेलाई कर्मचारीलाई कडा कारवाही गर्ने चेतावनी दिएका हुन् ।

उनले तत्कालका लागि करारमा रहेका कर्मचारीलाई हटाउने व्यवस्था नरहेको पनि स्पष्ट पारे । खुला प्रणाली र करार दुवैबाट राष्ट्रिय आवश्यक्ताको आधारमा कर्मचारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न लागिएको पनि बताए ।