१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

‘रोनाल्डोभन्दा मेस्सी उत्कृष्ट’

‘रोनाल्डोभन्दा मेस्सी उत्कृष्ट’
अ अ+ अ-

काठमाडौं । फुटबल जगतमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी र पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने चर्चा सँधै हुने गरेको छ ।

मेस्सी लामो समयदेखि स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका छन् भने रोनाल्डोले इटायिलन क्लब युभेन्टसबाट खेलिरहेका छन् । दुवै पाँच–पाँच पटकका बालोन डी’ओरका विजेतासमेत हुन् ।

यी दुईबीच को उत्कृष्ट भन्ने चर्चा भने सँधै नै चलिआएको छ । खेलाडीदेखि लिएर प्रशिक्षकसम्म र समीक्षकदेखि लिएर विश्लेषकसँम्म सबैले यी दुईमध्ये को उत्कृष्ट भन्ने विषयमा आफ्नो मत सार्वजनिक गर्दछन् ।

यस सिजन मेस्सीले रोनाल्डोभन्दा आफु उत्कृष्ट भएको संकेत गरेका छन् ।दुवै खेलाडीले यस सिजन आफ्नो क्लबलाई लिग जिताए । तर, धेरै गोल गर्नेमा मेस्सी अगाडी आए । स्पेनिस ला लिगामा यस सिजन मेस्सीले ३६ गोल गरेका छन् ।

इटालियन सिरिए च्याम्पियन युभेन्टसका लागि रोनाल्डोले २१ गोल गर्न सके । रोनाल्डोले रियलबाट युभेन्टस पुगेको पहिलो सिजनमै प्लेयर अफ दि इयरको उपाधि जिते ।

मेस्सीले क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडीको समग्र सूचीमा पनि रोनाल्डोलाई पछि पारे ।ला लिगाको अन्तिम खेलमा इबरबिरुद्ध दुई गोल गरेपछि मेस्सीले रोनाल्डोलाई समग्रमा पछि पारेका हुन् । इबरविरुद्धको गोलसँगै मेस्सीले क्लब फुटबलमा कूल ६०२ गोल पूरा गरेका छन् । मेस्सीले सर्वाधिक गोल गर्दै पीचिची अवार्ड समेत हात पारे । बार्सिलोनाबाट मात्र खेलिरहेका मेस्सीले ६८६ खेल खेलेका छन् ।

रोनाल्डोले स्पोर्टिङ लिस्बोन, म्यानचेस्टर युनाईटेड, रियल म्यड्रिड र युभेन्टसमा खेलेका ८०६ खेलबाट समग्रमा मेस्सीभन्दा एक गोलले पछि परेका रोनाल्डोले हालसम्म ६०१ गोल गरेका छन् ।