५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ किलो चरेशसहित दुईजना पक्राउ



अ+ अ-

बिर्तामोड । लागूऔषध नियन्त्रण व्यूरोले झापाको मेचीनगर नगरपालिकामा १७ किलो लागूऔषध चरेशसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ८ टोकला बगानका संजय दर्जी र मनोज दर्जी रहेका छन् ।

मंगलबार दिउँसो संजय दर्जीको घरमा चरेश लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दर्जीको घरमा खानतलासी गरेको थियो।

सो क्रममा लागूऔषध बरामद गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी प्रमुख डिएसपी महेश थापाले बताए। बरामद लागूऔषधसहित दुबैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।