५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा विप्लवका व्यूरो इन्चार्जसहित ५ जना पक्राउ



अ+ अ-

काठमाडौं । कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका भेरी ब्युरो इन्चार्जसहित ५ जना पक्राउ परेका छन् ।

व्युरो इन्चार्ज बलबहादुर वली र भेरी ब्यूरो सदस्य एवं सुर्खेत जिल्ला सेक्रेटरी खडकबहादुर खड्का सुर्खेतको भेरीगंगा नगरपालिका ५ भर्लेनीस्थित दलबहादुर वलीको घरबाट पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।

यता प्रहरीले जाजरकोटको कुशे गाउँपालिका २ बाट अन्य तीन जनालाई पक्राउ गरेको छ । जिल्ला जनसरकार प्रमुख हरिचन्द्र जैशी, मुगुको छायानाथ नगरपालिका घर भई कुशे गाउँ कमिटी सदस्य दीपकबहादुर सावत र जाजरकोट जिल्ला कमिटी सदस्य अजपाल बुढा पक्राउ परेका प्रहरीले जानकारी दिएका छन् ।

उनीहरुसँग विभिन्न दस्तावेजसमेत बरामद गरिएको प्रहरीको भनाइ छ ।