३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालक दम्पतिलाई पक्राउ

यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालक दम्पतिलाई पक्राउ
अ+ अ-

बुटवल । बुटवलमा प्रहरीले होटलमा यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालक दम्पतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेकबहादुर कुँवर र मीनाकुमारी बस्नेत रहेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लका अनुसार बुटवल ११ कालिकानगरस्थित राप्ती मेनु होटलमा करिब ६ महिनादेखि बन्धकजस्तै बनेकी कपिलवस्तु घर भएकी १५ वर्षीया किशोरी यौन शोषणको पीडा सहन नसकेर भागेपछि घटना बाहिर आएको बताए ।

भाँडा माँझ्न बसेकी किशोरीलाई आफ्नो होटलसँगै अन्य होटलमा समेत यौन सम्पर्कका लागि पठाउन थालिएपछि किशोरी भागेर घर गएको भनाइ छ ।

प्रहरीको दाबीअनुसार राप्ती मेनु होटलमा किशोरी र युवतीहरु जम्मा गर्ने र बुटवलमा विभिन्न होटलहरुमा यौनधन्दाका लागि पठाउने गरिएको थियो ।

पक्राउ परेका दम्पत्तीलाई मानव बेचबिखन तथा संगठित अपराधमा कारवाही गरिने प्रहरीले जनाएको छ । ती दम्पत्तीलाई १५ बर्षको कैद सजायँ हुनसक्ने कानुनी व्यवस्था रहेको प्रहरीको भनाइ छ ।