• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा

खुकुरी प्रहार गरी छोराले गरे बुवाको हत्या



रुकुमपूर्व । भुमे गाउँपालिका ७ गुनाममा खुकुरी प्रहार गरी छोराले बुवाको हत्या गरेका छन्।

बिहीबार बिहान ५ बजेतिर सुतिरहेको अवस्थामा २० वर्षीय बिरत बिकले ४१ वर्षका बाबु रमन बिकको हत्या गरेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक बीरबहादुर सुनारका अनुसार हत्यामा संलग्न बिरतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घरायसी विवादका कारण रमनको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।