१८ भाद्र २०८३, बिहीबार
,
Latest
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्वार्को आकाशे पुलबाट हाम फालेका कीर्तिमान राईको मृत्यु



अ+ अ-

काठमाडौं । आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका कीर्तिमान राईको बिहीबार मृत्यु भएको छ ।

ताप्लेजुङ हाङपाङका–२ का ६० वर्षीय राईले बिहीबार विहान कोटेश्वर–कलंकी सडकखण्डको ग्वार्कोमा रहेको आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार तनावमा रहेको राईले बिहीबार विहान ६ः१० बजे पुलबाट हाम फालेका थिए । पुलबाट सडकमा हाम फाले पनि विहान सवारी साधन कम चलेकोले राई थप दुर्घटनाबाट जोगिएका थिए।

राईको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी बृत्त सातदोबाटोले जानकारी दिएको छ ।

राईले किन पुलबाट हाम फाले भन्ने खुलेको छैन।

शवलाई पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।