५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कन्हैया कुमार ३ लाख ६७ हजार मतले पछि परे



अ+ अ-

काठमाडौं । बहुचर्चित भारतीय कम्युनिष्ट पार्टीका प्रत्यासी कन्हैया कुमारलाई भारतीय जनता पार्टीका उम्मेद्वार गिरिराज सिंहले पछि पारेका छन् ।

मतगणनाको प्रारम्भिक गणना आइरहँदा कन्हैया कुमार ३ लाख ६७ हजार ३ सय ८९ मतल पछाडि रहेका छन् । उनले कूल २ लाख ३६ हजार १ सय ३३ मत पाएका छन् भने गिरिराज सिंहले ६ लाख ३ हजार ५ सय २२ मत पाएका छन् । बिहान ८ बजेबाट सुरु भएको मतगणनामा मोदीको सत्तारुढ गठबन्धन एनडीएले ५४२ लोकसभा सिटमध्ये एनडिएले ३४३ स्थानमा अगाडि छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन यूपीएले एनडीएलाई पछ्याइरहेको छ । यसका ९१ उम्मेदवार विभिन्न क्षेत्रमा अगाडि छन् ।

त्यसैगरी अन्य क्षेत्रीय दलहरुले १०६ सिटमा अग्रता कायम गरेका छन् । लोकसभामा बहुमतका लागि २७२ सिट भए पुग्छ । हालसम्मको अग्रता हेर्दा अर्को पाँच वर्षका लागि मोदी पुनः प्रधानमन्त्री बन्ने पक्का देखिएको छ ।