१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा कालीमार्सी धान रोपाइँ शुरु



अ+ अ-

जुम्ला । जुम्लामा कालीमार्सी धानको रोपाइँ शुरु भएको छ । जुम्ला जिल्लाभर रोपाइँ शुरु हुँदा कृषक अहिले खेतमा लगाइएको जौँ काट्दै मार्सी रोप्न व्यस्त छन् ।

जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट र पानसयमा स्थानीय कालीमार्सी र रातीमार्सीको रोपाइँ धमाधम हुँदैछ । जिल्लाको तल्लो क्षेत्रमा जेठको पहिलो सातादेखि धान रोप्न शुरु भएको हो । अग्लो स्थानमा भने जेठको अन्तिममा रोपाइँ गर्ने चलन छ ।

पछिल्लो समयमा मार्सी धानको चामलले बजार पाएपछि किसानमा मार्सी रोपाइँमा जागरण आएको छ । निकै सङ्घर्ष गरेर उत्पादन हुने मार्सी चामलको बजार प्रशस्त भएपछि अहिले मार्सीको क्षेत्र विस्तार भएको छ । रोपाइँको समयमा यहाँका किसानले रमाइलो गरेर धान रोप्ने चलन छ । कृषकले एकअर्काको रोपाइँमा रोेपारे, हली र गोरुसहित ऐँचोपैँचो दिने चलन छ । हरेक किसानले रोपाइँको मिति अगाडि नै तोकेका हुन्छन् ।

चिसो मौसमका कारण समयमै धान नरोपेमा समयमा नपाक्ने भएकाले यहाँ जेठ महीनाको पहिलो साताबाटै रोपाइँ शुरु गरी असार पहिलो सातामा सक्ने गरिन्छ । यसैगरी कात्तिकको पहिलो सातादेखि दोस्रो सातामा रोपेको धान भित्र्याउने समय तालिका हुन्छ । यहाँको धान उत्पादन कम हुने भए पनि निकै पोषिलो मानिन्छ । विभिन्न गीत गाउँदै रोप्ने र नाच्ने चलन पनि छ । यहाँ कसैको विवाह र बच्चा भएको समयमा खेतमा चोपाइँ गर्ने चलन पनि छ । जसलाई स्थानीय भाषामा चोपाइँ भनिन्छ ।

कृषि ज्ञान केन्द्र जुम्लाका अधिकृत बालकराम देवकोटाका अनुसार जुम्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको छ । यहाँको रैथाने कालीमार्सी धान ४० प्रतिशत रोप्ने गरिन्छ भने ६० प्रतिशत उन्नजातको धान रोप्ने गरेको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले सिफारिस गरेको चन्दननाथ–१ र चन्दननाथ–३ नामको उन्नतजातको धान रोप्ने गरिएको छ ।
–––