५ आश्विन २०८१, शनिबार
,
Latest
सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमाञ्चाल विकास मञ्चको स्मारिका विमोचन



अ+ अ-

काठमाडौँ । पश्चिमाञ्चल विकास मञ्चद्धारा प्रकाशित स्मारिकाको विमोचन भएको छ । शुक्रबार एक आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठ र मञ्चका अध्यक्ष चन्द्रप्रसाद ढकालले विमोचन गर्नुभएको थियो ।

सो स्मारिकामा नेपालको साविक पश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय तथा आर्थिक लगायातका क्षेत्रहरुका बारेमा समेटिएको छ ।

उक्त मञ्च साविकको पश्चिमाञ्चल विकास मञ्चका तीन अञ्चल गण्डकी, धौलागिरी र लुम्बिनीलाई समेटेर त्यस क्षेत्रको विकासका लागि राष्ट्रिय प्रयास र दृष्टिकोण जुटाउने उद्देश्यले गठन गरिएको हो ।

उक्त स्मारिकाको विमोचन गर्दै पूर्व प्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले पञ्चिमाञ्चल विकास मञ्च आफूहरु देशको पश्चिम क्षेत्रमा जन्मिएपनि अध्ययन अध्यापन तथा विभिन्न कामको सिलसिलामा देशको विभिन्न भूभागमा पुगेका भएपनि आफ्नो कर्मथलोबाट जन्मथलोलाई हेर्ने एक उत्कृष्ट मञ्च हो भन्नुभयो ।

उक्त मञ्चका अध्यक्ष चन्द्रप्रसाद ढकालले देश अहिले संघीय शासन प्रणालीमा गएको भए पनि साविकको पश्चिमाञ्चाल विकास क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि एक भएर साझा चौतारीका रुपमा काम गर्नेगरी स्थापना भएको विशुद्ध सामाजिक संस्थाका रुपमा स्थापना भएकोले सोही बमोजिम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले यस क्षेत्रको भूगोल, पर्यावरण, धार्मिक तथा सांस्कृतिक धरोहर तथा अरु कैयन् अद्धितीय सम्पदाहरुका कारण देशको पश्चिमाञ्चल क्षेत्र नेपालकै एक अलौकिक सम्भावनायुक्त क्षेत्र भएको बताउँदै उत्तर र दक्षिणी छिमेकी जोड्ने गण्डकी प्रदेश नेपालका सबै प्रदेशहरुभन्दा आर्थिक हिसाबले पनि अधिक सम्भावनायुक्त हो भन्नुभयो ।

संविधान सभाका पुर्व सदस्य प्रा.डा.गणेशमान गुरुङले उक्त स्मारिकाले देशको पञ्चिमाञ्चल क्षेत्रको विकासका लागि धेरै सम्भावनाहरुलाई उजागर गरिदिएको छ भन्दै प्रदेश सरकारलाई आफ्नो योजना बनाउन उक्त स्मारिकाको अध्ययन गर्न आग्रह गर्नुभयो ।