• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो ★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन ★   सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ: प्रमुख सचेतक शाही ★   नेपाली काँग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ: प्रधानमन्त्री दाहाल ★   सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन: मन्त्री गिरी ★   काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने ★   संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस ★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ? ★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प ★   पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत

इमरान खान मोदीको जीतपछि यी कुरामा आशावादी



काठमाडौं । भारतीय लोकसभा चुनावको नतिजा लगभग आइसकेको छ । नरेन्द्र मोदीको नेतृत्व भएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले ठूलो जित हाँसिल गरेको छ । मोदी दोस्रोपटक देशका प्रधानमन्त्री बन्न जाँदैछन् ।

यो ठूलो जितमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्वीट गरेर भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन् । उनले लेखे, ‘म प्रधानमन्त्री नरेन्द्र मोदीलाई भाजपा र उनका सहयोगी दललाई जीतका लागि बधाई दिन्छु । दक्षिण एशियामा शान्ति, प्रगती र समृद्धिका लागि उनीसँग काम गर्नका लागि आशावादी छु ।’

चुनाव आयोगका अनुसार भाजपाले २८८ सिटमा जित हासिल गरेको छ र थप १५ सिटमा अघि बढिरहेको छ । भाजपाले आफ्नो प्रयासमा ३०३ सिट हाँसिल गरिरहेको देख्न सकिन्छ र भाजपाको नेतृत्व भएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले ३५० सिटको आँकडा पार गरिसकेको छ । यद्यपी, सबै ५४२ सिटको नतिजा अहिले घोषणा भइसकेको छैन । मतगणना अझै जारी छ ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले वायनाड सिटबाट चार लाख बढीको भोट अन्तरले जीत हाँसिल गरेको छ भने आफ्नो पारम्पारिक सिट अमेठीबाट उनले हारको सामना गर्नुपरेको छ । अमेठीमा भाजपा उम्मेद्वार स्मृति इरानीले राहुल गान्धीलाई पछि पारिरहेकी छिन् ।