५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी एनपीएलः खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला चट्याङ लागेर एकको मृत्यु चितवन २ का मतदाता भन्छन्ः रविलाई भोट दिएर पछुतो लागेको छ प्रधानमन्त्री ओली न्युयोर्कमा राप्रपाका अध्यक्ष लिङ्देन बेलायत प्रस्थान महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मत सर्वेक्षण नतिजा मिलेपछि टेलिभिजनमै रोए प्रदीप



अ+ अ-

काठमाडौं । छिमेकी भारतमा १७ औं लोकसभा चुनावको अन्तिम मतपरिणाम आउँदै छ। ५४२ सिटमध्ये भारतीय जनता पार्टी एक्लैले तीन सयभन्दा बढी सिट जित्ने भएको छ भने उसको गठबन्धन राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) ३५० सिट पाउने भएको छ।

चुनाव सकिएकै दिन भारतीय सञ्चार माध्यममा यस्तो नतिजा आउन सक्ने मत सर्वेक्षण सार्वजनिक भएका थिए। तीमध्ये इन्डिया टुडे टेलिभिजन र एक्सिस माई इन्डियाको मत सर्वेक्षण एक थियो। उक्त मत सर्वेक्षणले पनि भाजपाको गठबन्धनले ३ सय ३९ देखि ३ सय ६५ सम्म सिट जित्ने र सबैभन्दा बढी सिट भएको उत्तर प्रदेशमा पनि भाजपाले ८० मध्ये ६० बढी सिट ल्याउने देखाएको थियो।

मत सर्वेक्षण सार्वजनिक भएपछि प्रतिपक्षी भारतीय कंग्रेसलगायत उसका सहयोगी दलले यी नतिजाहरू गलत भएको दाबी गरेका थिए। कतिपयले त भाजपाको पैसामा पूर्वाग्रही भएर मत सर्वेक्षण गरिएको आरोप पनि लगाएका थिए। धेरै आलोचकलाई पाँच वर्ष प्रधानमन्त्री बनेका मोदी फेरि सत्तामा फर्किन्छन् भन्नेमा शंका थियो। उनीहरूले सन् २००४ मा तत्कालीन प्रधानमन्त्री अटलबिहारी वाजपेयीको पालामा नमिलेजस्तै यसपालि पनि मत सर्वेक्षण नमिल्ने तर्क गरेका थिए। त्यतिबेला धेरै मत सर्वेक्षणले भाजपा गठबन्धन ल्याउने देखाएका थिए तर चुनावी परिणाममा कंग्रेस गठबन्धनले विजयी बन्यो।

तर उक्त मत सर्वेक्षण गरेका एक्सिस माई इन्डियाका प्रमुख प्रदीप गुप्ता आफ्नो टिमले गरेको काममा ढुक्क थिए। किनकी उनका प्रतिनिधि हरेक निर्वाचन क्षेत्रमा गएका थिए। झन्डै ८ लाख बढी मतदातासँग कुरा गरे। उनी आफैं पनि मत सर्वेक्षणमा खटिए।

यति हुँदाहुँदै पनि उनलाई मत सर्वेक्षण मिल्ला कि नमिल्ला भन्ने धुकचुक थियो। किनकी दुई दिनअघिमात्रै अष्ट्रेलियामा भएका झन्डै पाँच दर्जन मत सर्वेक्षण गलत सावित भएका थिए।

बिहीबार चुनावी परिणाम पनि आफ्नो मत सर्वेक्षणजस्तै आएपछि गुप्ता खुसीले रोए। इन्डिया टेलिभिजनमा पर्दामा उनले आँशु खसाले।

‘टिमका सबै साथीहरूप्रति मेरो विश्वास थियो। किनकी चालिस दिनदेखि उनीहरू सबै लोकसभा र प्रदेश सभा क्षेत्रमा निरन्तर मेहनत गरिरहेका थिए। कस्ता प्रश्न सोध्ने भन्नेबारे दिइएको तालिम नै हाम्रो अहिलेसम्मको सफलताको मुख्य कारण हो। फिल्डमा खटिने पाँच सय बढी मानिस हाम्रा सामर्थ्य हुन्,’ उनले भने।

गुप्ताको एक्सिस माइ इन्डियाले सन् २०१३ यता भारतमा भएका प्रदेश र लोकसभा चुनावको मत सर्वेक्षण गरिरहेको छ। र ती सबै चुनावमा मत सर्वेक्षण ९५ प्रतिशत सही सावित भएका थिए। उसले मत सर्वेक्षण गरेका ३६ मध्ये ३४ निर्वाचनमा अन्तिम नतिजा पनि मत सर्वेक्षणजस्तै आएको थियो।

२०१५ मा बिहारको विधान सभा चुनावमा नितिशकुमारको जनता दल, लालुप्रसाद यादवको राष्ट्रिय जनता दल र भारतीय कंग्रेससहितको महागठबन्धनले १ सय ८० सिट जित भन्ने एक्सिस माइ इन्डियाको मत सर्वेक्षण नपत्याएर सम्झौता गरेको टिभी च्यानलले प्रसारण गर्न मानेन। चुनावी नतिजामा महागठबन्धनले १सय ७८ सिट जितेको थियो। त्यसपछि गुप्ताले इन्डिया टुडे समूहसँग मत सर्वेक्षण प्रसारण गर्ने सम्झौता गरेका थिए।