१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सको वृद्धाश्रममा १०२ वर्षीया महिलाले अर्की वृद्धाको हत्या गरेको आशङ्का



अ+ अ-

काठमाडौँ । फ्रान्सको एउटा वृद्धाश्रममा एउटी १०२ वर्षीया महिलाले ९२ वर्षीया छिमेकीको हत्या गरेको आशङ्का गरिएको छ।

एक अभियोजनकर्ताका अनुसार उनले आफ्नो स्याहारसुसार गर्ने एक व्यक्तिलाई आफूले एक जनालाई मारेको बताएकी थिइन्।

दक्षिण फ्रान्सको शेजी–सुर–मार्नस्थित वृद्धाश्रममा अर्की वृद्धाको शव चोटपटक लागेको अवस्थामा भेटिएको थियो।

शवपरीक्षणको प्रतिवेदनमा उनको मृत्यु घाँटी थिचिएको र शिरमा चोट लागेका कारण भएको उल्लेख छ।

समाचारसंस्था एएफपीका अनुसार वृद्धाश्रमका एक कर्मचारीले शनिवार मध्यरातपछि पीडित महिलालाई ओछ्यानमा अचेत अवस्थामा भेटेपछि घटनाबारे पहिलो पटक थाहा भएको थियो।

एएफएपीले ती १०२ वर्षीया महिला त्यतिबेला धेरै आत्तिएको देखिन्थिन् र उनले नै ती कर्मचारीलाई आफूले हत्या गरेको बताएकी थिइन्।

नियतवश अपराध गरेकी हुन् कि हैनन् भनेर छुट्याउन ती सन्दिग्ध महिलाको मानसिक स्वास्थ्यबारे परीक्षण हुँदै गरेको बताइएको छ।

ती महिलालाई अहिले मानसिक अस्पताल पठाइएको छ।बीबीसी