६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्वेतामाथि बज्रपात, ट्युमरको अप्रेसनपश्चात् पक्षघातको समस्या



अ+ अ-

केही दिनअघि मात्र भारतबाट गर्धनको ट्युमरको शल्यक्रिया गरेर नेपाल फर्केकी नायिका तथा निर्मात्री श्वेता खड्कालाई ट्युमरको अप्रेसनपश्चात् पक्षघातको समस्या भएको छ।

देब्रे गर्धनमा देखिएको ट्युमरको दिल्लीस्थित बीएलके सुपर स्पेसियालिटी अस्पतालमा सफल शल्यक्रियापश्चात् उनी नेपाल फर्केकी थिइन्। नेपाल फर्केपछि पहिलो पटक फिल्म जात्रैजात्रा हेर्नका लागि सार्वजनिकरूपमा निस्किँदा आफँलाई पक्षघातको समस्या भएको र आराम गर्नुपर्ने तथा फिजियोथेरापी उपचार पद्धतिबाट उपचार गराइरहेको उनले बताएकी छिन्।

चलचित्र ‘हेलो जीन्दगी’को छायांकनका लागि लण्डन पुगेकी खड्कालाई च्युँडोबाट तल्लो तथा घाँटीको माथिल्लो भागमा ट्यूमर भएपछि डाक्टरको सल्लाहमा दिल्ली गएकी उनले आफ्नो फेसबुक स्ट्याटसमार्फत जानकारी दिएकी थिइन्।

आफूलाई ठीक हुन तीन महिनादेखि १ वर्ष वा जति पनि लाग्न सक्ने श्वेताले बताएकी छिन्।