५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको अटोग्राफसहितको नयाँ कपडा ब्राण्ड बजारमा आउँदै



अ+ अ-

काठमाडौं । लियोनल मेस्सीको अटोग्राफसहित कपडाको नयाँ ब्राण्ड बजारमा आउने भएको छ ।

अर्जेन्टाइन स्टारकी बहिनी मारिया सोल र अमेरिकी डिजाइनर टमी हिलफिगरकी बहिनी गिन्नीबीच सहकार्य गरेर निकाल्न लागेको कपडामा मेस्सी आफैँले सिग्नेचर गर्ने बताइएको छ ।

लियो मेस्सी म्यानेजमन्ट र गिन्नी हिलफिगरको संयुक्त सहकार्यमा तयारी कपडा पुरुषले मात्रै प्रयोग गर्ने मिल्नेछ ।

उक्त ब्राण्ड आउँदो जुलाईमा द मेस्सी स्टोर नामक अनलाइन पोर्टलमार्फत लन्च गरिनेछ ।