५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० महिनामै ठडियो दरबार हाइस्कुल, फिनिसिङको काम ४ महिना भित्र सम्पन्न गर्ने लक्ष्य



अ+ अ-

काठमाडौं । भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम सम्पन्न भएको छ ।

१२८ वर्षे इतिहास बोकेको दरबार हाइस्कुल चीनको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण गरिएको हो । सुरुमा रेट्रोफिटिङ कि पुनर्निर्माण गर्ने भन्ने विवादका कारण काम भएको थिएन । तर, पुनर्निर्माण गर्ने निर्णयसँगै चीनले जिम्मा पाएको १० महिनाभित्रै भवन तयार भएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच चीनका लागि नेपाली राजदुत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

चार तले नयाँ भवनमा ४६ कोठा छन् । कक्षा कोठामात्रै २२ वटा रहेका विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले जानकारी दिए । नयाँ भवनमा आगामी मंसिरबाट पढाइ सुरु गर्ने लक्ष्य रहेको हतोले जानकारी दिए । हाल उक्त विद्यालयका विद्यार्थीहरुलाई अस्थायी रुपमा बाल्मीकि क्याम्पस परिसरमा बनाइएका टहरोभित्र पढाउने गरिएको छ ।

२०७५ साल साउन १८ गतेबाट दरबार हाइस्कुलको निर्माण कार्य सुरु भएको थियो । तोकिएको समयभन्दा अघि नै मुख्य भवनको निर्माण कार्य सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक महतोले बताए । फिनिसिङको बाँकी काम ४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदुत यान्छीले चीन सरकारले नेपालको भूकम्पपछिको पुनर्निर्माणको कामलाई उच्च महत्वका साथ अघि बढाएको जानकारी दिए । उनले दरबार हाई स्कुलको मुख्य भवनको बाँकि काम पनि छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमण गरेर फर्केपछि आफ्ना शाखा सन्तानलाई पढाउने उद्देश्यले विक्रम संवत् १९१० मा स्थापना गरेको विद्यालय नै अहिलेको दरबार हाइस्कुल हो । दरबार हाइस्कुलमा अंग्रेजी पढाउने शिक्षक राणा शासकहरुले बेलायतबाट झिकाउने गरेको इतिहासमा पढ्न पाइन्छ ।

सुरुमा यो स्कुल थापाथली दरबारको आँगनमा खोलिएको थियो । जंगबहादुरपछिका राणा शासकहरुले बिभिन्न स्थानमा यो विद्यालयलाई सारे ।

वि.सं.१९४२ मा रणोद्दीप सिंहको हत्यापछि वीरशमशेरले राणाले दरबार हाइस्कुललाई जमलमा सारेका थिए । सुरुमा राणा परिवारले मात्र पढ्न पाउने यो विद्यालयमा १९३३ वि.सं.१९३३ मा रणोद्दीप सिंहले राणाहरूका सेवामा खटिएका कामदारका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था गरेका थिए ।