६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप : आर्मीको फराकिलो जित, राजु शतक बनाउनबाट चुके



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो जित हात पारेको छ ।आर्मीले प्रदेश २ लाई १७१ रनले पराजित गरेको हो ।

२७९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश दुईले ३१.४ ओभरमा सबै विकेटको क्षतिमा १०७ रन मात्रै बनाउन सक्यो ।

प्रदेश २ का लागि हरिशंकर शाहले २१ रन बनाए । त्यस्तै, साम्सद शेखले १६ र शुधिर चौधरीले १५ रन बनाए । बलिङतर्फ शाहब आलमले चार विकेट लिए । त्यस्तै, सुशान भारीले तीन विकेट लिदा जितेन्द्र मुखियाले दुई विकेट लिए ।

काठमाडौंको टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेटको क्षतिमा २७८ रन बनाएको थियो । आर्मीका लागि ओपनिङमा आएका राजु शतक बनाउनबाट १० रनले चुके । उनी ९० रनमा आउट भए । १०९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्का प्रहार गरेका थिए ।

त्यस्तै आर्मीकाल लागि रोहितकुमार पौडेलले ४७ रन बनाए । त्यस्तै, हरि चौहानले २६ रन बनाए । बलिङतर्फ हरिशंकर शाहले तीन विकेट लिए ।